बिहान ४ बजेर २५ मिनेटदेखि बिहान ५ बजेर १३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ।

आजको राशिफल:

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ। राजनीतिज्ञको लागि समय फलदायी रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ। व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गर्नेहरूले मनग्गे नाफा कमाउन सक्नेछन्। विद्यार्थीहरूले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन्। प्रेम गर्ने जोडीहरूका लागि समय उत्तम रहेको छ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
खानपानमा ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ। काम गर्दा ध्यान दिनुहोला, काम बिग्रन तथा जरिवाना हुन सक्छ। तापनि, लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ। विदेशमा बसेर काम गर्नेहरूको लागि समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ। विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउने योग रहेको छ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ। व्यापार, उद्योग तथा पुँजी बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ। पढाइ लेखाइमा उत्कृष्ट अंक ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ। माया प्रेममा रमाउन चाहनेहरूको लागि समय उत्तम रहेको छ। भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग रहेको छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
व्यापार तथा वित्तीय क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ। नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ। भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ। आफ्नै मेहनतले जीवन शैलीमा सुधार ल्याउन सकिनेछ। माता-पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ। अध्ययनमा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले मनग्गे धन आर्जन गर्न सकिनेछ। व्यापार तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ। धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ। मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ। विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
समय मध्यम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ। सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छ। भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ, ध्यान दिनुहोला। आफन्त तथा दिदी बहिनीहरूसँग मनमुटाब सिर्जना हुनेछ। ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ। तापनि, पर्यन्त गर्दा नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने ग्रहयोग रहेको छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ। माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा कामहरू हुनेछन्। व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। आफ्नै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ। र पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला। बिलासी सामान प्राप्तिको योग भए पनि टरेर जानेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन्। पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ। माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ। ऋण, रोग तथा सङ्कटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ। व्यापार तथा उत्पादनमुखी व्यवसायबाट लाभ लिन सकिनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ। वित्तीय क्षेत्र तथा व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ। अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ। माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ। सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
घर परिवार तथा आफन्तका बीच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ। बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला। बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन्। हतारमा गरिने निर्णय घातक हुनेछ। पढाइ लेखाइमा मन जाने छैन। खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ। प्रेममा अविश्वास बढ्नेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
बौद्धिक स्तर उच्च तहको रहनाले भाग्य शक्ति बलियो बन्नेछ। अध्ययन अध्यापनले क्षेत्र सफल हुनेछ। धार्मिक जगतमा ख्याति पाइने योग रहेको छ। पापीय मनोवृत्ति निष्क्रिय हुनेछ। दुर्घटना लगायत दैवी विपत्तिमा न्यूनीकरण आउला। नोकरीमा ख्याति बढ्ने कार्यले प्रशासित बनाउला। राजनैतिक गतिविधिबाट समाजमा प्रभावशाली व्यक्तित्वको परिचय बन्ने योग रहेको छ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
अध्यान अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ। आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ। व्यापार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ। प्रेमिल जोडीहरूका लागि समय उत्तम रहेको छ। बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ।

तपाईँको दिन शुभ रहोस्।