काठमाडौँ ।

सुदूरपश्चिम, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव देखिएको छ । गण्डकी प्रदेशको पश्चिमी भागमा पनि केही हदसम्म यसको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागहरूमा भने कमजोर मनसुनी वायुको प्रभाव कायम छ ।

यसको असरस्वरूप कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहिरहेको छ भने अन्य अधिकांश स्थानहरूमा आंशिक बदली देखिएको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागहरूमा सामान्य बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । तराईका बाँकी भागहरूमा पनि एक–दुई स्थानमा यस्तै मौसम देखिनेछ ।

आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बाँकी तराई भूभागमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्छ ।