बिहान ४ बजेर २४ मिनेटदेखि बिहान ५ बजेर १२ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आइलाग्न सक्छ । औषधीमा खर्च बढ्न सक्छ । पढाइमा मन नजाँदा अरूभन्दा पछि परिने सम्भावना छ । व्यापार–व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ । यद्यपि, लामो दूरीको विदेश यात्राको राम्रो सम्भावना छ भने विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
घर–परिवार तथा समाजमा तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत–साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइमा थोरै समय दिँदा पनि राम्रो नतिजा हात पार्न सकिनेछ । माया–प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा रमाउने अवसर जुर्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
तारिफयोग्य काम गरेर नाम र दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत–साधनको प्रयोगबाट आम्दानी बढाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउने देखिन्छ । वित्तीय क्षेत्र वा व्यापारमा लगानी गर्दा राम्रो नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त भई पद प्राप्तिको योग बनिरहेको छ । प्रेमी–प्रेमिकाहरूका लागि समय अनुकूल छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
सामाजिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्राको सम्भावना रहेको छ । व्यापार वा वित्तीय क्षेत्रमा आज गरिएको लगानीबाट भविष्यमा राम्रो नाफा हात पर्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रगति हुन सक्छ । विशिष्ट व्यक्तिसँग नजिकिने अवसर मिल्नेछ भने सम्मान प्राप्त हुनेछ । प्रेमी जोडीहरूले रमाइलो यात्राको योजना बनाउन सक्नेछन् ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
खानपान तथा वातावरणमा विशेष ध्यान दिनुहोस्, स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । सरकारी काम गर्दा सावधानी अपनाउनुहोस्, काम बिग्रन सक्ने तथा जरिवाना तिर्नुपर्ने सम्भावना छ । व्यापारमा अपेक्षित आम्दानी नहुँदा दैनिक कार्य प्रभावित हुन सक्छन् । मित्र वा आफन्तको सल्लाह नमान्दा अप्ठ्यारोमा पर्न सकिन्छ । यद्यपि, वित्तीय क्षेत्रमा लगानी गरी केही आम्दानी गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
माया–प्रेममा नजिक हुने समय हो । दाम्पत्य जीवन सहज ढंगले बित्नेछ । आर्थिक स्थिति मजबुत हुने सम्भावना छ । व्यापार वा शेयर बजारमा लगानी गरी राम्रो आम्दानी गर्न सकिनेछ । लामो दूरीको मनोरञ्जनात्मक यात्रा तय हुन सक्छ । पढाइमा सन्तोषजनक प्रगति हुनेछ । भौतिक तथा विलासी वस्तुको प्रयोगबाट अरूलाई प्रभावित पार्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
सत्रुघरमा गोचर गर्ने शुभ चन्द्रमाले ऋण, रोग तथा शत्रुलाई परास्त गर्दै सफलता दिलाउनेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग प्राप्त हुनेछ । व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णय तपाईंको पक्षमा हुनेछन् । पढाइमा थोरै समय दिए पनि राम्रो नतिजा हात पर्नेछ । मामा वा मावली पक्षबाट सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
प्रेमीबाट विलासी सामान उपहारस्वरूप प्राप्त हुन सक्छ । लामो समयदेखिको प्रेम सम्बन्ध विवाहमा परिणत गर्ने सहमति बन्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो नतिजा मिल्नेछ । वित्तीय क्षेत्रमा लगानीबाट अपेक्षित आम्दानी हुनेछ । व्यापारमा मनग्गे लाभ प्राप्त हुनेछ । सन्तानको प्रगतिमा मन रमाउनेछ भने वंशवृद्धिको सम्भावना पनि रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
समय मध्यम खालको रहेकोले व्यापारमा लगानी गर्न केही दिन पर्खनु उपयुक्त हुनेछ । आमा तथा आफन्तसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुन सक्छ । माया–प्रेममा नजिक भए पनि सानातिना मनमुटाव आउन सक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या बढ्न सक्छ । यद्यपि, कृषि तथा पशुपालन व्यवसायबाट आम्दानी गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
आट, साहस तथा पराक्रम बढ्नेछ । उपलब्धिमूलक कामहरू सफलतापूर्वक गर्न सकिनेछ । न्यायिक निर्णय तपाईंको पक्षमा आउनेछन् । प्रतिस्पर्धामा सफलता मिल्नेछ । लेखन, कला तथा साहित्यमा बाकी रहेका कामहरू पूरा गर्न सकिनेछ । प्रेम सम्बन्धमा रमाउनेहरूको लागि समय अनुकूल छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगबाट आफ्नो प्रभाव बढाउन सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
धन स्थानमा शुभ चन्द्रमा रहेकोले बन्द व्यापारबाट पनि आम्दानी हुनेछ । पुराना सर–सापटी उठ्नेछन् । आफन्तको सहयोगले महत्वपूर्ण कामहरू सम्पन्न गर्न सकिनेछ । परिवारका साथ यात्रा गर्ने तथा मिठो भोजनको अवसर मिल्नेछ । आर्थिक अभाव हट्नेछ । नाम र दाम दुवै कमाउन सकिने समय रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पारिवारिक वातावरणमा समय बित्ने भएकाले दिन रमाइलो हुनेछ । महँगो तथा विलासी वस्तुको प्रयोग गर्न पाइनेछ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन प्राप्त हुनेछ । प्रतिष्ठित काम गरेर इज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भएर गफगाफ गर्ने अवसर मिल्नेछ । अनलाइन व्यापार, टेक्निकल सामान तथा प्रविधिको प्रयोगबाट आम्दानी बढाउन सकिनेछ ।


तपाईंको दिन शुभ रहोस् !