काठमाडौँ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहरूबाट पनि असोज २० गतेदेखि मनसुन बाहिरिएको हो ।

महाशाखाले मनसुनी वायुसमूह कमजोर हुँदै गइरहेको जनाउँदै नेपालको बाँकी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको उल्लेख गरेको छ । साथै, महाशाखाले मनसुनको बहिर्गमन प्रक्रिया नियमित रूपमा अनुगमन भइरहेको जानकारी पनि दिएको छ ।