काठमाडौँ ।
अविरल वर्षापछि बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेदेखि यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।

गत शुक्रबार र शनिबारको लगातार वर्षाले ती सडक क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनको आवतजावत रोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, सडक सञ्चालनमा आएसँगै होल्डिङ सेन्टरहरूमा रोकिएका सवारी साधन गन्तव्यतर्फ गइरहेका छन् ।

जिल्लाका १४ स्थानमा बनाइएका विश्राम कक्ष (होल्डिङ सेन्टर) मा रोकिएका लामो तथा छोटो दूरीका सवारी साधन क्रमशः गन्तव्यतर्फ जान थालेको जनाइएको छ ।