बिहान ४ बजेर १८ मिनेटदेखि ४ बजेर ५६ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

नसोचेको धन र सम्पत्ति प्राप्त हुनेछ । अध्ययन तथा अनुसन्धानमा समय दिनुपर्नेछ । प्रेममा रमाउनेहरूका लागि समय अनुकूल छ । उपभोग्य वस्तु र पहिरनको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ । थप लगानी गर्ने अवसर बन्नेछ । तर, लामो दूरीको यात्रा गर्दा सतर्क रहनुहोस् । खानपानमा लापरबाही गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

खाद्यान्न, पहिरन तथा विलासी सामानको व्यापारबाट राम्रो फाइदा मिल्नेछ । व्यापारकै सिलसिलामा रमाइलो यात्रा हुने सम्भावना छ । प्रेम र मित्रताको सम्बन्ध मजबुत हुनेछ । जीवनसाथीको सहयोगले कार्य सफल हुनेछन् । अध्ययनमा सफलता मिल्नेछ । अतिथिको रूपमा सम्मान पाइनेछ र घुमघामको अवसर पनि प्राप्त हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पारिवारिक आवश्यकताहरू पूरा गर्न सकिनेछ । अदालत तथा न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछन् । पढाइमा अग्रस्थानमा नाम आउनेछ । व्यापारमा नाफा बढ्नेछ । माया–प्रेममा नजिकिँदै जाने समय छ । मनोरञ्जन र यात्रामा पनि समय बित्नेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

बिहानको समय सामान्य रहनेछ । सानो तिनो स्वास्थ्य समस्या हुन सक्छ । प्रतिस्पर्धीहरूले अवरोध पुर्याउने सम्भावना छ । तर, मध्यान्हपछि समय शुभ रहनेछ । व्यापारमा लगानी बढाउँदा मनग्गे फाइदा हुनेछ । पढाइमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । विलासी वस्तु उपहारस्वरूप प्राप्त हुन सक्छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

सवारीसाधन तथा भौतिक सम्पत्तिको प्रयोगबाट आम्दानी बढ्नेछ । आमाको सहयोग र आफन्तको साथ मिल्नेछ । अध्ययन तथा अनुसन्धानको सिलसिलामा यात्रा सम्भव छ । प्रेममा सफलता मिल्नेछ । सामाजिक कार्यमा नाम कमाउन सकिनेछ । राजनीतिमा सक्रिय व्यक्तिका लागि दिन फलदायी रहनेछ । पारिवारिक मिलन र मनोरञ्जनको अवसर मिल्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

साहस, पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको राम्रो प्रयोग हुनेछ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । छोटो दूरीको रमाइलो यात्रा सम्भव छ । औद्योगिक क्षेत्र, उपभोग्य वस्तु र पहिरनको व्यापारमा लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

व्यापार र लगानीको क्षेत्रमा सफलता मिल्नेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको सम्मान हुनेछ । विशिष्ट व्यक्तिबाट सम्मान प्राप्त हुने योग छ । शिक्षा तथा प्रतियोगितामा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । प्रेम सम्बन्धमा सामीप्यता बढ्नेछ । साथीभाइसँग रमाइलो समय बित्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

बिहान लामो दूरीको यात्रा वा विदेशसम्बन्धी काम हुने सम्भावना छ । विदेशी वस्तुको व्यापार लाभदायक रहनेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । मध्यान्हपछिको समय शुभ रहनेछ । सामाजिक काममा सहभागी भइ प्रतिष्ठा बढाउन सकिनेछ । व्यापारमा थप लगानी फाइदाजनक हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

शैक्षिक यात्राको सम्भावना छ । शुभकार्यमा खर्च बढ्नेछ । अध्ययन तथा शैक्षिक लगानीका लागि समय अनुकूल छ । प्रेम सम्बन्धमा प्रगति हुनेछ । धार्मिक कार्यमा मन जानेछ । उपभोग्य र विलासी वस्तुको व्यापारबाट आम्दानी बढ्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

इमानदारिता र लगनशीलताले समाजमा प्रतिष्ठा र सफलता मिल्नेछ । कार्यक्षेत्रमा सबैको ध्यान केन्द्रित हुनेछ । अध्ययनमा राम्रो नतिजा प्राप्त हुनेछ । वित्तीय क्षेत्र तथा विलासी वस्तुहरूको लगानीबाट लाभ हुनेछ । प्रेम सम्बन्धमा सन्तोषजनक प्रगति हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

सरकारी तथा संस्थागत क्षेत्रमा काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तकहरूको सहयोगले सफलता मिल्नेछ । व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ । प्रेम सम्बन्धमा भावना साटासाट गर्ने वातावरण बन्नेछ । नयाँ काम प्राप्त हुने र पदोन्नतिको सम्भावना रहेको छ । पारिवारिक तथा मनोरञ्जनमा समय बित्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

बिहानको समय सामान्य रहनेछ । स्वास्थ्य समस्या आउन सक्छ र काममा बाधा पुग्न सक्छ । धेरैले आश्वासन दिने तर सहयोग नगर्ने सम्भावना छ । मध्यान्हपछि समय शुभ रहनेछ । आफन्त र अग्रजहरूको सहयोगले राम्रो काम सम्पादन गर्न सकिनेछ । नयाँ अवसर प्राप्त हुने र स्थानान्तरणको योग रहेको छ । धार्मिक पुस्तक अध्ययनमार्फत बौद्धिक वृत्ति विस्तार हुनेछ ।

तपाईंको दिन शुभ रहोस् ।