बिहान ४ बजेर १८ मिनेटदेखि बिहान ४ बजेर ५६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

नयाँ सवारीसाधन वा मन परेको भौतिक सम्पत्ति जोड्ने समय आएको छ । व्यापार व्यवसाय फस्टाउनेछ र भनेजस्तो आम्दानी गर्न सकिनेछ । वित्तीय बजारमा लगानी गरी भविष्यमा आम्दानी बढाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ । माया प्रेममा सामीप्यता बढ्नेछ भने पति–पत्नीबीचको सम्बन्ध अझ बलियो बन्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

प्रियजनसँग भेटघाट हुने र सम्मान पाइनेछ । पढाइमा सफलता मिल्नेछ र अध्ययनकै लागि यात्रा तय हुन सक्छ । वादविवाद वा न्यायिक निर्णयहरू तपाईंको पक्षमा आउनेछन् । जागिरमा पदोन्नति वा राम्रो स्थानान्तरणको सम्भावना देखिन्छ । खर्च बढे पनि महत्वपूर्ण उपलब्धिहरू हासिल हुनेछन् । उपभोग्य वस्तु र पहिरनको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

मन परेको व्यक्तिबाट उपहार प्राप्त हुने सम्भावना छ । प्रेम सम्बन्धमा रमाइलो अनुभव हुनेछ र यात्रा गर्ने अवसर पनि जुर्न सक्छ । विलासी सामग्रीको प्रयोगबाट अरूको मन लोभ्याउन सकिनेछ । पहिरन र उपभोग्य वस्तुको व्यापारमा राम्रो लाभ हुनेछ । राजनीति वा सामाजिक क्षेत्रमा आलोचनासँगै समर्थन पनि पाइनेछ । वैदेशिक यात्रा सम्भव छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

राजनीति वा समाजसेवामा सक्रिय भइकन पनि अपेक्षित सफलता वा पद नपाउँदा मन खिन्न हुन सक्छ । प्रेम सम्बन्धमा अविश्वास उत्पन्न हुने सम्भावना छ । अन्य काममा व्यस्त हुँदा पढाइ प्रभावित हुन सक्छ । यद्यपि मनोरञ्जन तथा पारिवारिक जमघटमा रमाइलो हुनेछ । कृषि तथा पशुपालनमा लाग्नेहरूले अपेक्षित आम्दानी प्राप्त गर्नेछन् ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

व्यापार वा शेयर बजारमा लगानीबाट मनग्गे नाफा कमाउन सकिनेछ । सापटी दिएका रकमहरू फिर्ता आउनाले आर्थिक अवस्था बलियो हुनेछ । परिवार र आफन्तबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजनको अवसर जुर्नेछ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ र जीवनसाथीको साथ पाइनेछ । न्यायिक निर्णयहरू तपाईंको पक्षमा हुनेछन् । छोटो, तर फलदायी यात्रा हुने सम्भावना छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

व्यापार बढ्नेछ र आम्दानीमा पनि वृद्धि हुनेछ । वित्तीय क्षेत्रमा लगानीबाट लाभ लिन सकिनेछ । खाद्यान्न, विलासी सामान तथा निर्माण सामग्रीको व्यापारमा उल्लेखनीय फाइदा हुनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ । गायन वा कलाकारितामा रुचि हुनेहरूले राम्रो सफलता प्राप्त गर्नेछन् ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

आत्मविश्वास उच्च रहनेछ, जसले गर्दा गाह्रो काम पनि सजिलै सम्पन्न गर्न सकिनेछ । व्यापार तथा पहिरनको क्षेत्रमा लाभ हुनेछ । शेयर बजारमा लगानी फाइदाजनक हुनेछ । नीति तथा कानुनअनुसार हुने निर्णय तपाईंको पक्षमा आउनेछन् । पढाइ र प्रतिस्पर्धामा उत्कृष्टता देखिनेछ । प्रेम जीवनमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

खर्च बढ्न सक्छ, तर पनि उपलब्धिमूलक कार्यहरू सम्पन्न हुनेछन् । वैदेशिक यात्रा वा विदेशमा बसोबासको सम्भावना छ । विदेशी सामानको व्यापारमा राम्रो फाइदा हुनेछ । समयमा कामहरू पूरा गरेर प्रतिष्ठा कमाउन सकिनेछ । खानपानमा ध्यान दिनुहोस्, स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । यात्रा कष्टकर हुन सक्छ, सतर्क रहनुहोस् ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

काम गर्ने नयाँ अवसरहरू प्राप्त हुनेछन् । व्यापार तथा शेयर बजारमा लगानी गरी आर्थिक स्थिति मजबुत बनाउन सकिनेछ । सीमित स्रोत प्रयोग गरेर धेरै आवश्यकता पूरा गर्न सकिनेछ । प्रेम सम्बन्ध मजबुत हुनेछ । प्रविधिको प्रयोग गरेर विचार जनसमक्ष लैजान सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध बन्नेछ । विभिन्न अवसरहरूको सदुपयोग गर्दै राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति वा समाजसेवामा जनताको समर्थन पाइनेछ, जसले पदको मार्ग खुल्नेछ । पहिरन तथा उपभोग्य वस्तुको व्यापारमा वृद्धि हुनेछ । प्रेम जीवनमा सामीप्यता बढ्नेछ । पारिवारिक रमाइलो यात्राको अवसर पनि जुर्न सक्छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

व्यापार, उद्योग वा शेयर बजारमा लगानीबाट प्रशस्त लाभ कमाउन सकिनेछ । सानो प्रयासले पनि राम्रो परिणाम आउनेछ । धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानमा सफलता प्राप्त हुनेछ । प्रेममा रमाउने चाहना भएकाहरूका लागि समय अनुकूल रहनेछ । आत्मविश्वास बढेर लक्ष्यमा पुग्न मद्दत गर्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

खानपान र मौसमको ध्यान दिनुहोस्, स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पत्ति वा औजारको प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । दिदीबहिनी वा आफन्तसँग मनमुटाव हुन सक्ने सम्भावना छ । खर्च बढ्नेछ, जसले दैनिकीमा असर पार्न सक्छ । यद्यपि व्यापारमा लाभ हुनेछ । पारिवारिक मिलनले मन प्रसन्न बनाउनेछ ।

“आजको दिन तपाईंका लागि सफल, सुखद र सन्तुलित रहोस् ।”