बिहान ४ बजेर १७ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
व्यापार भावमा गोचर गर्ने चन्द्रमाको प्रभावले व्यापार तथा शेयर बजारमा लगानी बढाएर मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यसँग नजिक बसेर काम गर्नेहरूका लागि समय अत्यन्तै अनुकूल छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा प्राप्त हुनेछ । माया–प्रेममा सामिप्यता बढ्नेछ भने पति–पत्नीबीच प्रेमको डोरो झनै बलियो हुनेछ । कीर्तिमानी काम गरेर नाम कमाउन सकिनेछ । यात्रा र मनोरञ्जनमा समय बित्नेछ भने पारिवारिक मिलनले मन प्रसन्न रहनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
पढाइमा सहपाठीहरूलाई पछि पार्दै एक कदम अघि बढ्न सकिनेछ । रोजगारीमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्रपंक्तिमा आउनेछ । पुराना स्वास्थ्यसम्बन्धी समस्या हट्नेछन् भने ऋणबाट मुक्ति पाइनेछ । माया–प्रेममा नजिक हुन सकिनेछ भने दाम्पत्य जीवनमा विश्वास बढ्नेछ । अफिसियल यात्राको राम्रो योग छ । दैनिक उपभोग्य वस्तु र पहिरनको व्यापारबाट राम्रो लाभ प्राप्त हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
आकस्मिक धन तथा सम्पत्ति लाभको सम्भावना छ । चिट्ठा वा उपहार प्राप्तिको योग पनि बलियो देखिन्छ । दैनिक उपभोग्य वस्तु तथा पहिरनको व्यापारबाट फाइदा हुनेछ । प्रेम जीवनमा सामिप्यता र समझदारी बढ्नेछ । सन्तानको प्रगति देखेर मन हर्षित हुनेछ । पढाइमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ भने पुरस्कार पनि तपाईंको पोल्टोमा पर्नेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
सवारी साधन चलाउँदा वा जग्गासम्बन्धी काम गर्दा विशेष सावधानी अपनाउनुहोला । राजनीतिमा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । पढाइमा ध्यान नजाँदा अरूभन्दा पछि पर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ । पहिरन तथा उपभोग्य सामानको व्यापारमा पनि उल्लेखनीय वृद्धि हुनेछ । प्रविधिको प्रयोगबाट कामलाई सहज बनाइनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
शुरु गरेको काममा आफन्त तथा दाजुभाइहरूको साथ पाउनु हुनेछ । व्यापारमा लाभ हुनेछ भने घरपरिवारका आवश्यकताहरू पुरा गर्न सकिनेछ । विवादित विषयहरू तपाईंको पक्षमा समाधान हुनेछन् । प्रेम सम्बन्धमा निकटता बढ्नेछ । पुराना साथीभाइसँग भेटघाट हुनेछ । पढाइमा पनि राम्रो नतिजा प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
कुटुम्ब र आफन्तसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ । मिठो खानपानसँगै रमाइलो समय बित्नेछ । थोरै बोलेर पनि राम्रो आम्दानी गर्न सकिनेछ । व्यापार फस्टाउनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । प्रेमी–प्रेमिकाले रमाइलो स्थानको यात्रा गर्ने सम्भावना छ । मनोरञ्जन र किनमेलमा पनि समय बित्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
प्रेम र मित्रताको सम्बन्ध बलियो बन्दै जानेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । पढाइमा प्रतिस्पर्धीलाई पछि पार्दै प्रगति गर्न सकिनेछ । विभिन्न अवसरहरूले पछ्याउने छन् । समयमै काम पूरा हुने हुँदा आफन्त पनि खुसी हुनेछन् । सुन्दर वस्त्र, मनपर्ने भोजन र विशेष उपहारको प्राप्ति हुनेछ । पारिवारिक भेटघाटले मन प्रसन्न रहनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
कम पारिश्रमिकमा दिनभर काम गर्दा अन्य काममा ध्यान दिन गाह्रो हुनेछ । खराब व्यक्तिको विश्वास गर्दा जरिवाना तिर्नुपर्ने स्थिति आउन सक्छ । घरभित्रकै व्यक्तिबाट धोका हुने सम्भावना छ, सतर्क रहनुहोस् । सामान्य स्वास्थ्य समस्या देखिनेछ भने उपचार खर्च बढ्न सक्छ । यद्यपि, वैदेशिक यात्राको योग बलियो छ । विदेशी सामानको व्यापारमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
व्यापार तथा पुँजी बजारमा लगानी गरेर नाफा कमाउन सकिनेछ । आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन् । रोजगारीका अवसरहरू प्राप्त हुनेछन् । भौतिक सुखसुविधा बढ्नेछ । प्रेम सम्बन्ध विवाहमा परिणत हुने सम्भावना छ । पढाइमा राम्रो प्रगति हुनेछ । विद्यार्थी वर्गका लागि आजको दिन फलदायी रहनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
उपभोग्य वस्तु तथा पहिरनको व्यापारबाट राम्रो आम्दानी हुनेछ । पढाइमा मन लाग्ने हुँदा उत्कृष्ट नतिजा प्राप्त हुनेछ । गीत, सङ्गीत र मोडलिङ जस्ता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम र दाम दुवै कमाउनेछन् । राजनीति र समाजसेवामा सक्रिय रहनेहरूको इज्जत र प्रतिष्ठा बढ्नेछ । नयाँ काम वा जागिरको अवसर प्राप्त हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
खोज तथा अनुसन्धानको क्रममा लामो दूरीको यात्रा हुने सम्भावना छ । धार्मिक स्थल वा मन्दिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर हुनेछ । आफन्त र दाजुभाइको साथ पाउने हुँदा मन हर्षित हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ । वित्तीय क्षेत्र, हार्डवेयर वा निर्माण सामग्रीको व्यापारबाट राम्रो आम्दानी हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
सवारी वा भौतिक सम्पत्ति प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । अप्रिय घटना हुन सक्ने सम्भावना छ । प्रेम सम्बन्धमा विश्वासको संकट आउन सक्छ । पढाइमा ध्यान नदिँदा पछि पर्न सकिनेछ । दिदीबहिनी वा आफन्तसँग विवाद हुन सक्नेछ । व्यापारमा लाभ लिन कडा परिश्रम गर्नुपर्नेछ । यद्यपि, उपभोग्य वस्तु र पहिरनको व्यापारबाट नाफा हुनेछ ।

तपाईंको दिन शुभ रहोस् ।