काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव कायम छ ।

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्यतया बदली छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली देखिएको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ ।

आज सोमबार, कोशी प्रदेशसहित देशका अन्य पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ । बाँकी भू-भागहरूमा आंशिक बदलीको सम्भावना रहेको छ ।

कोशी प्रदेशका केही स्थानहरूमा, अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।