काठमाडौं,५ असोज ।

काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत अवस्थामा भेटिएकी हुन् ।

मृत भेटिने युवती कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना हुन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।