काठामाडौँ ।

नेटोले एस्टोनियाली हवाई क्षेत्र उल्लङ्घन गर्ने तीनवटा रुसी मिग-३१ लडाकु विमानहरूलाई रोकिएको जनाएको छ ।

एस्टोनियाको विदेश मन्त्रालयले घटनाको निन्दा गर्दै यसलाई “लापरबाहीपूर्ण कार्य” भनेको छ । मन्त्रालयका अनुसार ती तीनवटा रुसी लडाकु विमानहरू बिना अनुमति एस्टोनियाली हवाई क्षेत्र प्रवेश गरेका थिए र शुक्रबार फिनल्यान्डको खाडीमाथि करिब १२ मिनेटसम्म उडान गरेका थिए ।

नेटोका प्रवक्ता एलिसन हार्टले उक्त सैन्य गतिविधिमा गठबन्धनले तत्काल प्रतिक्रिया दिएको र ती रुसी विमानहरूलाई रोकिएको जानकारी दिएका छन् ।

नेटोले यस घटनालाई “रुसको लापरबाहीपूर्ण व्यवहार” को अर्को उदाहरण भन्दै, गठबन्धनको “तात्कालिक कारबाही गर्ने क्षमता” पुष्टि भएको बताएको छ ।

रुसको रक्षा मन्त्रालयले भने हालसम्म यस विषयमा कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।