ब्राह्म मुहूर्त: बिहान ४:१५ देखि ४:५३ सम्म रहनेछ । यो समय ध्यान, जप, साधना वा कुनै सकारात्मक कार्यका लागि उपयुक्त मानिन्छ ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

सन्तान तथा परिवारको खासै सहयोग प्राप्त नहुन सक्छ । आलोचना गर्नेहरूको संख्या बढ्नेछ । सामान्य स्वास्थ्य समस्या देखिनाले दैनिक कार्यहरू गर्न असहज हुनेछ । माया–प्रेममा धोका हुनसक्छ भने पति–पत्नी तथा परिवारसँग मनमुटाव बढ्ने सम्भावना छ । यद्यपि खाद्यान्न, कपडा तथा गरगहनाको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

आफ्नै कारणले आफन्त तथा साथीभाइको साथ गुम्न सक्छ । सानो कुरामा पनि मनमुटाव सिर्जना हुने सम्भावना छ । पढाइमा ध्यान नजाँदा अध्ययन प्रभावित हुनेछ । प्रेममा अरूको टिप्पणीले शङ्का उत्पन्न हुन सक्छ । छातीसम्बन्धी स्वास्थ्य समस्याको सम्भावना भएकाले सतर्कता आवश्यक छ । कृषि, पशुपालन तथा औषधि, खाद्यान्न र पहिरनको व्यापारबाट राम्रो आम्दानी हुन सक्छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

पराक्रम बढ्नेछ । सानो प्रयासले पनि ठूलो उपलब्धि मिल्ने सम्भावना छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्यता बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ । दाजुभाइ र छिमेकीहरूसँग सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । मनोरञ्जन र यात्रा पनि हुनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

स्वास्थ्यमा समस्या आउनेछ । आर्थिक व्यवस्थापनमा कठिनाइ हुन सक्छ । परिवार तथा आफन्तबाट अप्रिय समाचारले मन खिन्न बन्न सक्छ । अध्ययनमा कमजोर देखिन सक्नेछ । कुनै पनि प्रस्तुति वा योजना बिना तयारी गर्नाले असफलता आउन सक्छ । सतर्क रहनुहोला ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

कडा परिश्रमले सफलता मिल्नेछ । व्यवसाय फस्टाउनेछ । लगानीका नयाँ अवसरहरू सिर्जना हुनेछन् । आम्दानी बढ्नेछ । परिवारसँग रमाइलो समय बित्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरेर व्यापार विस्तार गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

कानुनको पालना नगर्दा जरिवाना वा कारवाही हुन सक्छ । प्रेम सम्बन्धमा दूरी बढ्न सक्छ । यात्रामा खर्च बढ्न सक्छ । यद्यपि वैदेशिक यात्रा तय हुनसक्छ । विदेशमा रहेका व्यक्तिहरूका लागि अध्ययन तथा काममा सन्तोषजनक प्रगति हुनेछ । विदेशी सामान वा आम्दानी हात पर्ने संकेत पनि देखिन्छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

सुखद समाचारले उत्साह बढ्नेछ । सहपाठी र प्रतिस्पर्धीलाई उछिन्दै अवसर प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । रोकिएका कामहरू अघि बढ्नेछन् । पैतृक सम्पत्तिबाट लाभ हुने संकेत छ । प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

सामाजिक काममा रुचि बढ्नेछ । प्रतिष्ठामा वृद्धि हुनेछ । माया प्रेममा निकटता बढ्नेछ । खाद्यान्न, औषधि, निर्माण सामग्री, अटो पार्ट्सको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ । पुराना समस्याहरू समाधान हुँदै जानेछन् । पारिवारिक वातावरणमा खुशी छाउनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

काममा सफलता नपाउँदा आत्मबल कमजोर हुन सक्छ । आलोचकहरू सक्रिय हुनेछन् । स्वास्थ्यमा कमजोरी देखिन सक्छ । धार्मिक वा शैक्षिक यात्रामा कष्ट हुनसक्छ । तर प्रविधिको प्रयोगले पढाइमा निरन्तरता दिन सकिनेछ । अनलाइन व्यापारबाट लाभ मिल्ने सम्भावना छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

सवारीसाधन तथा भौतिक सामान खरिद–बिक्री गर्दा ध्यान दिनुहोला । आफन्त तथा साथीहरूसँग मनमुटावको सम्भावना छ । नयाँ लगानीको समय उपयुक्त छैन । माया प्रेममा शङ्काले दूरी बढ्न सक्छ । खानपानमा लापरवाही नगर्नुहोस्, स्वास्थ्यमा असर पर्न सक्छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

व्यवसायमा आफ्नै प्रयासले सफलता पाइनेछ । धन–सम्पत्ति बढ्नेछ । विगतका कमजोरी सुधार गर्दै नयाँ उपलब्धि हासिल गर्न सकिनेछ । पढाइमा सफलता मिल्नेछ । भौतिक सुख–सुविधा बढ्नेछ । प्रेम–प्रसङ्गमा रमाउने समय अनुकूल छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

प्रतिस्पर्धामा विजयी हुने सम्भावना छ । ईर्ष्या गर्नेहरू परास्त हुनेछन् । पुराना ऋण र रोगबाट मुक्ति मिल्नेछ । अध्ययन र प्रेम दुवैमा सफलता मिल्नेछ । खाद्यान्न, औषधि, गहना तथा कपडाको व्यापारबाट उल्लेखनीय आम्दानी हुनेछ ।

तपाईंको दिन शुभ रहोस्