आजको ब्रह्म मुहूर्त बिहान ४ बजेर १५ मिनेटदेखि ४ बजेर ५३ मिनेटसम्म रहनेछ । यो समय ध्यान, योग, साधना तथा अध्ययनका लागि अत्यन्त शुभ मानिन्छ ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
समय मिश्रित रहनेछ । राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा आलोचना हुन सक्छ । विद्यार्थीहरू प्रतिस्पर्धामा पछि पर्न सक्नेछन । आमा वा नजिकका आफन्तसँग मतभेदको सम्भावना छ । भौतिक सम्पत्तिको प्रयोग गर्दा सतर्क रहनुहोस्। यद्यपि मनोरञ्जन र यात्रा गर्ने अवसर मिल्ने छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
राजनीति र समाजसेवामा आलोचनासँगै जनताको समर्थन प्राप्त हुनेछ । नजिकका मानिसबाट धोका हुने सम्भावना छ । घरजग्गाको काममा ढिलासुस्ती हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोस् । तर कृषि र पशुपालन क्षेत्रबाट आम्दानी हुने देखिन्छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
आत्मबल, साहस र पराक्रममा वृद्धि हुनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ । लेखन, कला तथा साहित्यमा अभिरुचि देखिनेछ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । सामाजिक सञ्जाल र प्रविधिको प्रभावकारी प्रयोगबाट आफ्नो विचार व्यक्त गर्न सकिनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
बोलेको कुरा पुरा गर्न नसक्दा आलोचना हुन सक्छ । पढाइमा मन नलाग्ने हुँदा नतिजामा असर पर्न सक्छ । खानपानको असन्तुलनले स्वास्थ्यमा समस्या ल्याउनेछ । प्रेम सम्बन्धमा असन्तुष्टि बढ्न सक्छ । यद्यपि व्यापार–व्यवसायमा लाभदायक समय रहनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
नयाँ अवसर प्राप्त हुनेछ । गरिरहेका कामबाट आर्थिक लाभ हुनेछ । टाढिएका आफन्तसँगको भेटले मन प्रसन्न बनाउनेछ । पुराना कमजोरी सुधार गर्दै रचनात्मक कार्यमा संलग्न हुन सकिनेछ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ । राजनीतिमा क्रियाशील व्यक्तिहरूलाई पद प्राप्तिको योग छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
समय व्यवस्थापनमा समस्या आउन सक्छ । अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुनेछ । खानपान र स्वास्थ्यमा सचेत रहनुहोस् । लामो दूरीको यात्रा वा बसाइँसराइको सम्भावना छ । विदेशी लगानीमा आधारित संस्थामा कामको अवसर मिल्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पैतृक सम्पत्तिको प्रयोगबाट आर्थिक लाभ मिल्नेछ । विद्यार्थीहरूलाई राम्रो नतिजा प्राप्त हुनेछ । इच्छाहरू पुरा हुने समय हो । प्रविधिको सदुपयोगबाट कार्यक्षमता बढ्नेछ । अध्ययन र कार्यक्षेत्र दुवैमा सफलता मिल्ने संकेत छन् ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
नयाँ जागिर वा स्थानान्तरणको सम्भावना छ । बुबा वा अग्रजहरूको सहयोग प्राप्त हुनेछ। पैतृक सम्पत्तिको लाभ मिल्नेछ । समाजसेवा तथा राजनीतिमा राम्रो परिणाम आउनेछ । कृषि तथा पशुपालन व्यवसायबाट आम्दानी बढ्नेछ । व्यापारमा पनि सुधार आउनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
काम समयमा पूरा नहुँदा निराशा हुन सक्छ । सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । पारिवारिक विवाद उत्पन्न हुन सक्छ । यद्यपि व्यापार–व्यवसायमा प्रगति हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
स्वास्थ्यमा समस्या आउन सक्छ, औषधी खर्च बढ्नेछ । व्यापारमा आम्दानी गर्न कडा मेहनत आवश्यक छ । सामाजिक कार्यमा समय दिन नसकिने देखिन्छ । प्रेम सम्बन्धमा धोका हुन सक्छ । भौतिक सम्पत्ति प्रयोग गर्दा सावधानी अपनाउनुहोस् ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
पारिवारिक वातावरण सुखद हुनेछ । मिठो भोजन र रमाइलो समय बित्नेछ । थोरै लगानीबाट पनि व्यापारमा फाइदा उठाउन सकिनेछ । अध्ययनमा सफलता मिल्नेछ । लामो दूरीको यात्रा सम्भव छ। प्रेम तथा मित्रता प्रगाढ हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यापार व्यवसायमा आम्दानीका स्रोतहरू बढ्नेछन् । पुराना रोग तथा समस्या हट्नेछन् । मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । अध्ययनमा अग्र स्थानमा नाम आउनेछ । प्रेम सम्बन्धमा मिठास आउनेछ । प्रविधिको प्रयोगबाट आफ्नो विचार व्यक्त गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्