काठमाडौं,१ असोज

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एक शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, बुधबार शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको हो ।

शरीर अत्यधिक जलेको हुनाले मृतकको पहिचान खुल्न सकेको छैन । यससँगै जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ। यसअघि ७३ जनाको मृत्यु भइसकेको थियो ।

यसअघि पनि चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटबाट डढेको अवस्थामा ७ वटा शव फेला परेका थिए । ती शवहरू अस्थिपञ्जरको रूपमा भेटिएका हुन् र हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । ती शवहरूको पनि अझै पहिचान हुन सकेको छैन ।