काठमाडौँ, भदौ १७ – आज बिहान ४ बजेर १४ मिनेटदेखि ४ बजेर ५२ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आमा वा आफन्तसँगको भेटमा विवाद हुन सक्ने भएकाले सतर्क रहनु उपयुक्त हुन्छ । सवारीसाधन र प्रविधिको प्रयोगमा सावधानी आवश्यक छ । समाजसेवा तथा राजनीतिक क्षेत्रमा आलोचनात्मक समर्थन मिल्ने सम्भावना छ । कृषि र पशुपालनमा लगानी गरेका व्यक्तिहरूलाई राम्रो आम्दानी हुने देखिन्छ । बैंक तथा सवारीसाधनसँग सम्बन्धित कारोबारबाट लाभ मिल्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
सानो प्रयत्नले पनि राम्रो नतिजा हात लाग्नेछ । प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ । दाजुभाइ तथा छिमेकीहरूसँग सम्बन्धमा सुधार आउनेछ । व्यापार तथा उद्योगमा लगानीबाट प्रशस्त आम्दानी हुनेछ । छोटो तथा रमाइलो यात्रा सफल रहनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
पछिल्लो समयमा गरिएको प्रयासको सकारात्मक फल प्राप्त हुनेछ । रोकिएका कामहरू बन्ने छन् । सवारीसाधन तथा उपकरणहरूको सरसफाइ तथा पूजामा समय बित्नेछ । प्रेममा रमाउनेहरूका लागि अनुकूल समय छ । सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
नयाँ प्रविधिको प्रयोगबाट रचनात्मक कार्यमार्फत लाभ हुने देखिन्छ । आफन्त तथा कुटुम्बको सहयोगमा आम्दानी वृद्धि हुनेछ । टुटेका सम्बन्धहरू पुनः सुदृढ बन्नेछन् । प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ । पूजापाठ तथा सरसफाइमा रुचि बढ्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
स्वास्थ्यमा समस्या देखिन सक्छ, खर्च बढ्ने सम्भावना छ । प्रेममा अविश्वास तथा पारिवारिक मतभेद देखिन सक्छ । विदेशी सामानको व्यापारबाट लाभ मिल्नेछ । विदेशमा रहेका व्यक्तिका लागि समय सहयोगी हुनेछ। पूजापाठ र धर्मकर्ममा मन जानेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
पैतृक वा सञ्चित सम्पत्तिको सदुपयोग गरी आम्दानी बढाउन सकिनेछ। प्राकृतिक स्रोतको प्रयोगबाट पनि फाइदा हुने देखिन्छ । प्रेम सम्बन्धमा उत्साह छाउनेछ । परिवारको सहयोगमा सवारीसाधन खरिदको सम्भावना छ। यात्रा र मनोरञ्जनमा समय बित्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनेछ । खाद्यान्न, कपडा, गहना तथा धार्मिक सामग्रीको व्यापारबाट लाभ हुने सम्भावना छ । कृषि र पशुपालन व्यवसायलाई आधुनिक बनाउँदा फाइदा हुनेछ। प्रेम सम्बन्धमा गहिरोपन आउन सक्छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
अनुसन्धान र अध्ययनमा सफलता मिल्नेछ । यात्रा तथा पढाइका अवसर प्राप्त हुनेछन् । स्वास्थ्य सबल रहनेछ । वैवाहिक तथा प्रेम सम्बन्धमा आपसी समझदारी बढ्नेछ । व्यापारमा लाभ हुने समय छ। धर्मकर्मप्रति रुचि बढ्ने छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
व्यापारमा मन्दी आउने सम्भावना छ। आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ। कमाइ कमजोर भए पनि धार्मिक तथा पर्यटकीय स्थल भ्रमणको अवसर मिल्नेछ। खानपान र बोलचालमा ध्यान दिनु उपयुक्त हुनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
जीवनसाथीको सहयोगमा राम्रा काम सफल हुनेछन् । प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ । व्यापार फस्टाउने छ । लामो दूरीको यात्रा सम्भव छ । प्रविधिको माध्यमबाट सामाजिक सञ्जालमा सशक्त उपस्थिति देखिन सक्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
स्रोत साधन जुटाएर नयाँ काम सुरु गर्न सकिनेछ । व्यापारमा लाभ मिल्नेछ । प्रतिस्पर्धामा विजयी भइ अधिकार र प्रतिष्ठा जोगाउन सकिनेछ । गहना, अटो पार्ट्स तथा निर्माण सामग्रीको कारोबारमा लाभ सम्भव छ । धार्मिक यात्राको अवसर मिल्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
थोरै प्रयासमा पनि उल्लेखनीय उपलब्धि मिल्नेछ । चिट्ठा वा आकस्मिक धन प्राप्तिको योग छ । अध्ययन तथा कामको सिलसिलामा लामो यात्रा हुन सक्छ । सन्तान र आफन्तको सहयोगले आत्मबल बढ्नेछ । पूजापाठ तथा सरसफाइमा समय बित्नेछ ।

तपाईंको आजको दिन शुभ रहोस् ।