काठमाडौं, २८ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले सो निर्णय गरेको शीतल निवासबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश कार्की आजै प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । जेनजी आन्दोलनको दबाब र समर्थनमा उनी नागरिक सरकारको नेतृत्व गर्न प्रधानमन्त्री बनेकी हुन् ।

उनीलाई आगामी ६ महिनाभित्र नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित प्रधानमन्त्रीमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि नागरिक सरकार गठनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार मार्ग प्रशस्त गर्न सिफारिस गरेका थिए ।