आजको ब्राह्म मुहूर्त बिहान ४ बजेर ११ मिनेटदेखि ४ बजेर ४९ मिनेटसम्म रहनेछ ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ):
स्वास्थ्यमा समस्या देखिनाले दैनिक कामकाज प्रभावित हुन सक्छ । आत्मबल कमजोर रहने सम्भावना छ, जसले गर्दा चुनौतीपूर्ण कार्यहरू पछि धकेलिन सक्छन् । सामाजिक आलोचना तथा पारिवारिक मतभेदको सम्भावना उच्च देखिन्छ । अध्ययन र प्रेम सम्बन्धमा पनि बाधा आउन सक्छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो):
अस्वस्थकर खानपानले स्वास्थ्यमा समस्या ल्याउन सक्छ । आफ्नै कमजोरीका कारण प्रतिस्पर्धामा पछि पर्नु पर्नेछ । आफन्तजनलाई बेवास्ता गर्दा मानसिक तनाव बढ्न सक्छ । प्रिय व्यक्तिसँग टाढिनु परे मन खिन्न हुन सक्छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा):
रोकिएका कामहरू बन्ने संकेत देखिन्छ । व्यापार व्यवसायमा लाभ हुने सम्भावना छ । योजना गोप्य राखेर अघि बढ्दा सफलता मिल्नेछ। पढाइमा बाधा आउन सक्ने भएकाले ध्यान दिनु जरुरी छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो):
सामाजिक तथा कल्याणकारी कार्यमा सक्रिय सहभागिता रहनेछ । प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ । वैवाहिक तथा प्रेम सम्बन्धमा निकटता बढ्नेछ । यद्यपि, अध्ययनमा चिताएको प्रगति हासिल नहुन सक्छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे):
धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । औषधि र खाद्यान्नसम्बन्धी व्यापारमा लाभ मिल्ने सम्भावना छ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। सरकारी वा प्रशासनिक कार्यमा केही प्रतीक्षा गर्नुपर्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो):
स्वास्थ्यप्रति सजगता आवश्यक छ । थकान, आलस्य र न्यून उपलब्धिको सामना गर्नुपर्नेछ । अध्ययनमा प्रविधिको सहयोग उपयोगी हुनेछ । प्रेम सम्बन्धमा धोका पर्न सक्ने सम्भावना छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते):
प्रेम सम्बन्धमा निकटता बढ्नेछ । जीवनसाथीको सहयोगले महत्वपूर्ण कार्यहरूमा सफलता मिल्नेछ । विलासी वस्तु प्राप्तिको सम्भावना भए पनि त्यस्तो अवसर टर्न सक्छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू):
प्रेममा उतारचढावको स्थिति देखिन्छ । स्वास्थ्य र खर्चमा विशेष सतर्कता आवश्यक छ । अपेक्षित आम्दानी नहुनाले लगानीको अवसर टर्न सक्ने सम्भावना छ। पढाइमा प्रविधिको प्रयोग लाभदायक हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे):
पढाइमा प्रविधिको प्रयोगले सफलता मिल्नेछ । आफन्त र प्रियजनबाट उपहार प्राप्तिको योग छ । सन्तानको प्रगति र वंशवृद्धिको सम्भावना देखिन्छ। यात्रा गर्दा सावधानी अपनाउनु उपयुक्त हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी):
व्यापारमा लगानीका लागि उपयुक्त समय होइन । पारिवारिक दूरीले मानसिक असर पर्न सक्छ । प्रेम सम्बन्धमा मनमुटाव देखिन्छ। यद्यपि, कृषि र पशुपालनबाट लाभ लिन सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा):
गुमेको प्रतिष्ठा पुनः प्राप्त हुने समय हो । खाद्यान्न तथा औषधि व्यापारबाट लाभ मिल्नेछ । दाजुभाइ तथा आफन्तको सहयोगले काममा सफलता प्राप्त हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची):
विचारमा सकारात्मक परिवर्तन आउनेछ । बोली र व्यवहारको कदर हुनेछ । पारिवारिक मेलमिलापको अवसर मिल्नेछ । सञ्चित सम्पत्तिको सदुपयोग गरी आम्दानी बढाउन सकिनेछ ।