काठमाडौं,२४ भदौ

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् ।

सोमबारको जेनजी प्रदर्शनमा १९ जनाले ज्यान गुमाएका थिए ।

आज बिहानदेखि प्रदर्शन अझ चर्को बन्दै गएको छ । अहिले प्रदर्शनकारीहरूले प्रमुख नेताहरूका निवास र पार्टी कार्यालयहरूमा तोडफोड गरिरहेका छन् ।