ब्रह्म मुहूर्त

बिहान ४ बजेर १० मिनेटदेखि ४ बजेर ४८ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आजको दिन लगानी गर्दा विशेष ध्यान दिनुहोस्, किनकि प्रतिफल प्राप्त गर्न केही समय लाग्न सक्छ । पढाइ र लेखाइमा थप मेहनतको आवश्यकता पर्न सक्छ । व्यापारमा नयाँ लगानी गर्नु अघि केही समय पर्खनु उत्तम हुनेछ । तर, विदेशबाट लगानीको राम्रो अवसर प्राप्त हुनेछ, र विदेश यात्रा गर्ने अवसर पनि उत्तम रहेको छ । विदेशमा व्यवसाय गर्नेहरूको लागि यो समय लाभदायक रहनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
प्राकृतिक स्रोत र पैतृक सम्पत्ति प्रयोग गरेर तपाईंले धन आर्जन गर्न सक्नुहुन्छ । पढाइमा उत्कृष्ट अङ्क ल्याउँदै अग्र स्थान हासिल गर्नु हुनेछ । प्रेम सम्बन्धमा रमाइलो समय बिताउन सक्नुहुन्छ । भौतिक सम्पत्ति वा सवारी साधनको प्राप्तिको योग छ । व्यापार र उद्योगमा लगानी गर्न केही समय पर्खनुहोस्। यात्रा गर्दा सचेत रहनुहोस् ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
आज तपाईं नेतृत्वदायी भूमिका ग्रहण गर्न सक्नुहुन्छ र समाजमा इज्जत र प्रतिष्ठा प्राप्त गर्नु हुनेछ । नोकरीमा बढुवा हुने योग छ । व्यापार र शेयर बजारमा सूझबुझका साथ लगानी गर्नुहोस् । कृषि र पशुपालन व्यवसायमा समय व्यतीत हुने छ । पढाइ र लेखाइमा प्रविधिको प्रयोग गर्दा लाभ हुने छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
भाग्यको साथ, सानो प्रयास र लगानीबाट ठूलो धन आर्जन गर्न सक्नुहुन्छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अध्ययनका क्षेत्रहरूमा अपेक्षित नतिजा प्राप्त गर्न सक्नुहुन्छ । धर्म र अध्यात्मसँग सम्बन्धित कार्यमा रुचि बढ्नेछ । मित्रता र प्रेम सम्बन्ध बलियो बन्नेछन् । विशिष्ट व्यक्तिहरूसँग नजिकिन सक्नुहुन्छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आजको समय सामान्य रहेकोले परिश्रमको फल ढिलो प्राप्त हुनेछ । केही सामान्य कुरामा ध्यान दिनाले महत्वपूर्ण अवसर गुम्न सक्छ । भौतिक सम्पत्ति र सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोस्, दुर्घटना सम्भावना रहेको छ । परिवारसँग मनमुटाब हुन सक्नेछ। ऋण, रोग र सङ्कटको सामना गर्नुपर्छ, तर अचम्मका धन र सम्पत्ति प्राप्तिको योग छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो )
प्रेमको बन्धन कसिलो हुनेछ र जीवन साथीको सहयोगले तपाईंलाई राम्रा काम गर्न प्रेरणा मिल्नेछ । व्यापारमा राम्रो मुनाफा कमाउन सकिनेछ र व्यापार विस्तारको लागि यात्रा गर्नुपर्नेछ । इष्टमित्र र सहयोगीहरूको साथले दैनिकी सहज हुनेछ । भौतिक साधनको प्रयोग गरेर नयाँ अपडेटहरू गर्न सकिन्छ, तर यात्रा र सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोस् ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
आज तपाईंको विजयको योग छ, विशेषगरी बिवाद र प्रतिस्पर्धामा। पुराना समस्या र रोगहरूको समाधान आफैं हुन सक्छ । आर्थिक अवस्था सुधार्ने कदमहरू स्वतः सकारात्मक दिशा मा बढ्नेछन् । पढाइमा सफलता मिल्नेछ । प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । यात्रा र मनोरञ्जन स्थगित गर्नु राम्रो हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आज बौद्धिकता र चातुर्यको प्रयोग गर्दा नयाँ अवसरहरू प्राप्त गर्न सकिन्छ । मनपर्ने व्यक्तिबाट छोटो दुरीको यात्रा र उपहार प्राप्ति योग छ । परिवार र सन्तानबाट तपाईंलाई सहयोग मिल्नेछ । बैंक र वित्तीय क्षेत्रसँग सम्बन्धित काममा लाभ प्राप्त गर्न सकिन्छ । राम्रा समाचारहरू सुनेर मन प्रसन्न हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
आज तपाईंलाई घरेलु समस्याबाट जोगिनु पर्नेछ । आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त र साथीहरूबाट अवरोध मिल्नेछ, र पढाइ सुस्त गतिमा अघि बढ्नेछ । कृषि र पशुपालन व्यवसाय फस्टाउन सक्छ । प्रेममा समय बिताउन नसक्दा सामान्य मनमुटाब हुन सक्छ । राजनीतिकर्मीहरूको लागि समय मध्यम रहेको छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
साहसी र पराक्रमी कार्यमा भाग लिँदा तपाईंले नाम र दुवै धन कमाउन सक्नुहुन्छ। अदालतमा तपाईंको पक्षमा न्याय हुनेछ । लेखन, कला र साहित्यका क्षेत्रहरूमा समय अनुकूल रहेको छ । प्रेममा आत्मीयता बढ्नेछ । अनलाइन व्यापार, शेयर बजार र उद्योगमा लगानी गर्दा नाफा कमाउन सकिन्छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा )
व्यापारमा लगानी गरेर आर्थिक क्षेत्रलाई बलियो बनाउन सकिन्छ । पहिले गरेका लगानीहरू लाभप्रद हुनेछन् । परिवारसँगको सम्बन्ध सुधारिनेछ र सहयोगले प्रगति हासिल हुनेछ । रमाइलो जमघटमा सामेल भएर मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । होटेल र खानपान सम्बन्धी व्यापारमा लाभ मिल्ने योग छ । कठिन समस्याहरू सरल रूपमा समाधान हुनेछन् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज तपाईं आफ्नो दैनिक काम समयमा पूरा गरी समाजसेवामा समय दिन सक्नुहुन्छ । इच्छाशक्ति बढ्नेछ र नाम र धन दुवै कमाउन सक्नुहुन्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ र जीवन साथीको सहयोग पाइनेछ । घुमफिर र मनोरञ्जनमा समय बिताउने योग छ । खाद्यान्न, निर्माण सामाग्री र अटो पार्ट्स व्यापारमा वृद्धि हुनेछ ।