आज बिहान ४ बजेर ९ मिनेटदेखि ४ बजेर ४७ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ । यस समयमा ध्यान, पूजा, मन्त्रजप वा योग अभ्यास गर्नु अत्यन्त लाभदायक मानिन्छ ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आज मान–सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन हो। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, शेयर बजार, गाडी वा पैतृक सम्पत्तिबाट लाभ हुने योग छ। अध्ययन र लेखनमा अग्रता मिल्नेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

तपाईंको कामको प्रशंसा हुनेछ, जसले नाम र दाम दुवै दिलाउनेछ । पैतृक स्रोत–साधन तथा कृषि व्यवसायबाट आम्दानी बढ्नेछ । राजनीति र समाजसेवामा सफलता पाइने सम्भावना छ । नयाँ कामको प्रस्ताव आउनेछ भने रोजगारीमा बढुवा हुने योग बलियो छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

धार्मिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ । नयाँ योजना र खोज–अनुसन्धानमा प्रगति हुनेछ । भविष्यमा लाभ हुने खालको लगानी गर्न सकिने दिन हो । विशिष्ट व्यक्तिसँगको नजिकपना र सम्मान मिल्नेछ । प्रेमजीवनमा रमाइलो यात्राको अवसर जुर्नेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

व्यस्तता बढ्नेछ, तर स्वास्थ्यमा चासो नदिँदा कमजोरी महसुस हुन सक्छ । खानेकुरा र वातावरणप्रति सचेत रहनुहोस् । व्यापार वा पढाइमा अपेक्षित नतिजा नआउला । गोप्य कुराहरू बाहिरिन सक्ने भएकाले सावधानी अपनाउनुहोस् । धर्मप्रति आस्था बढ्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

बिलासी वस्तुको व्यापार तथा साझेदारी व्यवसायबाट राम्रो लाभ मिल्ने दिन हो । यात्रा, उपहार, तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ। माया सम्बन्धमा नजिकिने समय हो । पढाइमा सफलता मिल्नेछ र प्रतिस्पर्धामा अग्रता लिने सम्भावना छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

विवाद वा प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । न्यायिक मामिलामा फैसला तपाईंको पक्षमा आउन सक्छ । ऋण चुक्ता गरेर नयाँ व्यवसाय सुरु गर्न सकिनेछ । अध्ययन, स्वास्थ्य र प्रेम सम्बन्धमा सुधार आउने संकेत छ । मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

बौद्धिक र प्राविधिक दक्षताले आम्दानी बढाउन सकिनेछ । वित्तीय क्षेत्र र शेयर बजारमा लगानी लाभदायक हुनेछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने सम्भावना छ । माया प्रेममा नजिकिन सकिनेछ। सन्तान तथा आफन्तको साथबाट काम सफल हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

राजनीति र सामाजिक क्षेत्रमा आलोचना भोग्नुपर्न सक्छ, सचेत रहनुहोस् । विरोधीको सक्रियता बढ्नेछ । सवारी वा सम्पत्ति खरिद–बिक्रीमा सावधानी अपनाउनुहोस् । स्वास्थ्यमा समस्या आउन सक्छ । तर, कृषि र पशुपालन व्यवसायमा लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

पढाइमा सफलता प्राप्त हुनेछ । दाजुभाइको सहयोगले लगानीमा फाइदा हुनेछ । माया सम्बन्धमा निकटता बढ्नेछ । समाज परिवर्तनको कार्यमा अग्रसर भइनेछ । लेखन वा सृजनशीलतामार्फत सामाजिक सन्देश प्रवाह गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

विगतको लगानीबाट लाभ मिल्ने समय हो । व्यापार र कुटुम्ब सम्बन्धमा सुधार हुनेछ । पारिवारिक जमघट र मिठो भोजनको अवसर जुर्नेछ। प्रयत्न गरे कठिनाइहरू समाधान हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

व्यवसाय, शेयर बजार र उद्योगमा लगानी लाभदायक हुनेछ । पद प्रतिष्ठा प्राप्त हुने योग छ । अध्ययन र यात्राको अवसर मिल्नेछ । प्रेम सम्बन्ध अझ बलियो बन्नेछ । राजनीतिक सक्रियताले इज्जत र अवसर बढाउनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

आज महत्त्वाकाङ्क्षी योजना तत्काल सुरू नगर्नु उचित हुनेछ । स्वास्थ्यका कारण काममा बाधा आउन सक्छ। अनावश्यक काम र यात्राबाट टाढा रहनुहोस् । कानुनी वा प्रशासनिक काममा सचेत रहनुहोस्। विदेश यात्रा वा विदेशमा आम्दानीको राम्रो सम्भावना छ ।