मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

साथीभाइ र इष्टमित्रको सहयोगले महत्त्वपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन् । व्यापार–व्यवसायमा लगानीबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध अझ प्रगाढ हुनेछ भने जीवनसाथीको साथले महत्वपूर्ण सफलता मिल्नेछ । पैतृक सम्पत्तिको सदुपयोगबाट आम्दानी बढ्ने सम्भावना छ । खानपान, यात्रा तथा मनोरञ्जनमा रमाउने अवसर मिल्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

सामाजिक कार्यमा संलग्न भई मान–प्रतिष्ठा कमाउन सकिनेछ । व्यवसायिक क्षेत्रमा लगानीका अवसर प्राप्त हुनेछन् भने आर्थिक रूपमा मजबुत भइनेछ। अध्ययनमा रुचि बढ्नेछ र अध्ययनको सिलसिलामा लामो दूरीको यात्रा गर्न सकिनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्दै जानेछ । कृषी तथा पशुपालनतर्फको लगानीबाट पनि लाभ मिल्नेछ । तर, यात्रा वा सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

धार्मिक र आध्यात्मिक रुचि बढ्नेछ, मन्दिर वा तीर्थयात्राको सम्भावना छ। अध्ययन–अनुसन्धानको क्षेत्रमा सन्तोषजनक नतिजा प्राप्त हुनेछ। आय–व्ययको सन्तुलन मिलाउँदै व्यवसाय विस्तार गर्न सकिनेछ। विगतमा थालिएका कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। उद्योग–व्यवसायमा लगानीबाट राम्रो आम्दानी हुन सक्छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

लगातार प्रयाससाथ पनि आंशिक मात्र सफलता प्राप्त हुनसक्छ । पढाइमा एकाग्रता कम हुनसक्छ । व्यवसायमा केही मन्दीको संकेत देखिन्छ, जसका कारण आर्थिक दबाब महसुस हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ र खर्च बढ्ने सम्भावना पनि देखिन्छ । आफन्तसँगको मनमुटावले मानसिक तनाव बढाउन सक्छ । विवादका बीच पनि जिम्मेवारी पुरा गर्नु पर्ने समय रहला।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

व्यवसायिक प्रयोजनमा छोटो दूरीको यात्रा सफल हुनेछ । प्रविधिको प्रयोगबाट आम्दानी बढ्न सक्छ । अध्ययन, लेखन, साहित्य, संगीत जस्ता क्षेत्रमा चासो बढ्नेछ र तपाईंको प्रतिभाको प्रशंसा हुनेछ । प्रेम सम्बन्धमा विश्वास गहिरिनेछ र दाम्पत्य जीवन सुमधुर बन्नेछ। जीवनसाथीको सहयोगले कार्यसिद्धि हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

शत्रु, रोग र ऋणबाट छुटकारा मिल्दै अघि बढ्न सकिनेछ । साथीसंगी र इष्टमित्रको सहयोगले व्यवसायमा सफलता मिल्नेछ । अल्प समयको अध्ययनले पनि राम्रो नतिजा मिल्नेछ । मावली पक्षबाट सहयोग मिल्ने सम्भावना छ । रमाइलो यात्रा तथा मनोरञ्जनमा सहभागी भइनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

बिहानको समय केही कमजोरीयुक्त रहन सक्छ, सामान्य स्वास्थ्य समस्या देखिन सक्छ । प्रतिस्पर्धीहरूबाट अवरोध आउने भए पनि मध्यान्हपछि समय सकारात्मक रहनेछ । व्यवसायमा लगानीबाट राम्रो लाभ उठाउन सकिनेछ । पढाइमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। विलासी वस्तु उपहार स्वरूप प्राप्त हुने योग छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

बिहानको समय लाभदायक रहनेछ । व्यापारमा लगानीले राम्रो लाभ दिनेछ । खेलकुद वा साहसी गतिविधिमा सहभागी भइ सफलता प्राप्त गर्न सकिनेछ । मध्यान्हपछि समय केही सामान्य रहन सक्छ, अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । आमासँग दूरी बढ्ने वा घर–परिवारबाट टाढा रहनुपर्ने स्थिति आउन सक्छ। घर–जग्गासम्बन्धी कारोबारमा केही मन्दी देखिन्छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

समय र भाग्यले साथ दिने भएकाले सानो लगानीबाट पनि राम्रो आम्दानी सम्भव छ । साहसिक कार्यहरूबाट नाम र दाम दुवै कमाउन सकिनेछ । सूचना प्रविधिको प्रयोगबाट नयाँ कार्यहरू थालनी गर्न सकिनेछ । दाजुभाइ र आफन्तबाट सहयोग मिल्ने छ । प्रेममा रमाउन चाहनेहरूका लागि अनुकूल समय रहेको छ । खाद्यान्न, निर्माण सामग्री र विलासी वस्तुको व्यापार लाभदायक हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

साहित्य, कलाकारिता, वा अभिव्यक्तिमूलक पेसामा संलग्न हुनुहुन्छ भने मनग्गे आम्दानी हुने देखिन्छ । बोलेर गर्ने पेसा (जस्तै काउन्सेलिङ, प्रशिक्षण, सञ्चार) फस्टाउनेछ । आफन्तजनसँग भेटघाट र पारिवारिक जमघट हुनेछ । प्रेममा भावना साटासाट गर्न सकिने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

बिहान लामो दूरीको यात्रा वा विदेशसम्बन्धी कार्यहरू सम्पन्न हुनेछन् । विदेशी वस्तुको व्यापारमा फाइदा हुनेछ । खानपानमा ध्यान नदिंदा स्वास्थ्यमा समस्या आउन सक्छ । मध्यान्हपछि समय सकारात्मक रहनेछ। सामाजिक कार्यहरूमा संलग्न भई प्रतिष्ठा कमाउन सकिनेछ। व्यवसायमा नयाँ लगानी थप्न सकिने छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

बिहानको समय व्यापारिक दृष्टिले लाभदायक रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगबाट धन आर्जन सम्भव छ । कृषि तथा पशुपालनतर्फ ध्यान दिनु पर्नेछ । मध्यान्हपछि अध्ययनमा मन नलाग्न सक्छ र अपेक्षित नतिजा हात लाग्ने सम्भावना कम देखिन्छ । सवारी चलाउँदा विशेष ध्यान दिनुहोला, जरिवाना वा दुर्घटनाको सम्भावना रहन्छ। स्वास्थ्यमा समस्या आउनसक्छ ।

तपाईंको आजको दिन शुभ रहोस्।