काठमाडौँ ।

बहुमूल्य चम्किने ढुङ्गा बिक्री गर्ने बहानामा ठगी गरेको अभियोगमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति नुवाकोटको विदुर नगरपालिका–२ निवासी ३५ वर्षीय प्रकाश तामाङ हुन् ।

पीडितको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त गरी, नुवाकोट जिल्ला प्रहरी कार्यालयको समन्वयमा भदौ १७ गते तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । तामाङ स्थायी रूपमा नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी हुन् ।

उनले करिब ५० लाख रुपैयाँ बराबरको ठगी गरेको आरोप छ । पक्राउ पश्चात उनलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।