काठमाडौँ ।

केही दिनयता नेपाली बजारमा सुनको मूल्य निरन्तर नयाँ कीर्तिमान कायम गर्दै आएको छ । आज बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला रु २,०७,९०० मा कारोबार भइरहेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

मंगलबार प्रतितोला रु। २,०५,९०० मा कारोबार भएको सुन आज रु। २,००० ले बढेको हो ।

चाँदीको मूल्य भने केही घटेको छ । आज प्रतितोला रु २,४८० मा कारोबार भइरहेको चाँदीको मूल्य हिजोको तुलनामा रु ५ ले घटेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औँस ३,५३६ अमेरिकी डलर पुगेको छ, जसको प्रभाव नेपाली बजारमा प्रत्यक्ष देखिएको छ ।