आज ब्रह्म मुहूर्त बिहान ४:०८ बजेबाट सुरू भई ४:४६ बजेसम्म रहनेछ ।


मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

समयले साथ दिने भएकाले सानो प्रयासले ठूला नतिजा ल्याउन सकिनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ भने संस्कार परिवर्तनमा तपाईंको भूमिका महत्त्वपूर्ण बन्नेछ । धार्मिक र शैक्षिक यात्राको सम्भावना रहेको छ। प्रशासनिक क्षेत्रमा प्रभाव जम्नेछ । प्रेममा रमाउन चाहनेहरूलाई समयले साथ दिनेछ ।

वृष ( ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो )

सवारी साधन तथा सम्पत्तिको कारोबार गर्दा विशेष सतर्कता आवश्यक छ । माया–प्रेममा धोका वा अविश्वासको सम्भावना छ । स्वास्थ्यमा गिरावट आउन सक्छ । घरेलु झमेलामा समय खर्चिन सक्छ। आफन्तबीच मनमुटाव नहोस भन्न सतर्कता अपनाउनु पर्नेछ ।

मिथुन ( का, की, कू, घ, ङ, छ, के, को, हा )

भौतिक सुख–सुविधा प्राप्त हुनेछ। पढाइ र अनुसन्धानमा राम्रो सफलता मिल्नेछ । प्रेम जीवनमा निकटता बढ्नेछ र जीवनसाथीको साथले उपलब्धि मिल्नेछ। सेयर बजार तथा व्यापारबाट आम्दानी वृद्धि हुनेछ । व्यापार विस्तारका लागि यात्रा हुन सक्छ ।

कर्कट ( ही, हू, हे, हो, डा, डी, डु, डे, डो )

बिद्या र प्रतिस्पर्धामा सफलता मिल्नेछ । शत्रु परास्त हुने र ऋणबाट छुट्कारा पाइने योग छ । व्यापार तथा शेयर बजारमा राम्रो फाइदा हुनेछ । आफन्त र मावली पक्षबाट सहयोग पाइनेछ । यात्रा र मनोरञ्जनमा समय बित्नेछ ।

सिंह ( मा, मी, मू, मे, मो, टा, टी, टू, टे )

व्यापारबाट लाभ हुने र नयाँ लगानी गर्ने अवसर मिल्नेछ । स्थायी सम्पत्ति प्राप्त हुने सम्भावना छ । सन्तानको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। छुट्टिएको प्रेम सम्बन्ध फेरि सुरु हुन सक्छ । बौद्धिक क्षमतामा सुधार आउनेछ ।

कन्या ( टो, पा, पी, पू, ष, ण, ठ, पे, पो )

समाजसेवी वा राजनीतिकर्मीका लागि समय सामान्य रहनेछ । घरजग्गा तथा सवारी सम्बन्धी विवादमा तानिन सकिनेछ । प्रेममा तनाव आउन सक्छ। परिवारमा असमझदारी बढ्न सक्छ । यद्यपि, केही आर्थिक लाभ हुने सम्भावना छ ।

तुला ( रा, री, रु, रे, रो, ता, ती, तू, ते )

राम्रो अवसरहरू प्राप्त हुनेछन् । आफन्त र छिमेकीसँग सम्बन्ध मधुर हुनेछन् । व्यापार, सेयर र उद्योगमा लगानीबाट भविष्यमा लाभ सुनिश्चित गर्न सकिनेछ । प्रेम सम्बन्ध अझ बलियो बन्नेछ । अध्ययनमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू )

परिवारको साथ–सहयोग मिल्नेछ। भोजन र बोलीको प्रभाव बढ्नेछ । पढाइ लेखाइमा राम्रो सफलता हात लाग्नेछ। प्रेममा अविश्वास हट्नेछ। निर्माण सामग्री र खाद्यान्नको कारोबारमा फाइदा हुनेछ ।

धनु ( ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

प्रविधिको सदुपयोग गरी नयाँ कार्यहरूमा सफलता मिल्नेछ । व्यापार र सेयर बजारमा लगानीबाट फाइदा हुनेछ । राजनीति वा समाजसेवामा चासो बढ्नेछ, पद प्राप्तिको सम्भावना छ । विगतका कामहरू उपलब्धिमूलक बन्नेछन् ।

मकर ( भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी )

स्वदेशी वस्तुको बिक्रीमा गिरावट आउन सक्छ भने विदेशी वस्तुहरूको व्यापार फस्टाउनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । अनावश्यक खर्च बढ्ने सम्भावना छ । प्रेम जीवनमा सामान्य मनमुटाव रहन सक्छ ।

कुम्भ ( गू, गे, गो, सा, सी, सू, से, सो, दा )

सीमित स्रोतबाट अधिकतम फाइदा उठाउन सकिनेछ। सपना पूरा हुने संकेत मिल्नेछ । दाजुभाइको सहयोगमा सम्पत्ति जोड्ने सम्भावना छ । प्रेममा सामीप्यता बढ्नेछ र जीवनसाथीको साथले सफलता मिल्नेछ ।

मीन ( दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

शुभ चन्द्रमाको गोचरले राज्य क्षेत्रबाट प्रशंसा र लाभ प्राप्त हुनेछ । नयाँ अवसरहरू हात लाग्नेछन्। बढुवा वा पदोन्नतिको सम्भावना रहेको छ । व्यापार र कृषि कार्यमा लाभ हुनेछ । पढाइ र प्रेममा सफलता मिल्नेछ ।