अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१४ मा शुक्रबार साँझ आएको बाढीले ४ भैंसी बगाउँदा २ वटा भैंसीको मृत्यु भएको छ भने २ भैंसी घाइते भएका छन्।

स्थानीय टेकराज बेल्वासेका २ भैंसी बगाउँदा मृत्यु भएको हो। यस्तै, यादव प्रसाद न्यौपानेका २ भैंसी घाइते भएका छन्।

घाइते भएका भैंसीलाई राति करिब १० बजे स्थानीय तारा प्रसाद न्यौपानेको पहलमा उद्दार गरिएको छ। उनले घटनाबारे साझा डायरीलाई जानकारी दिएका छन्।