कपिलवस्तु । वाणगङगा साहित्यिक प्रतिष्ठान कपिलवस्तुको आयोजनामा १६० औं मोती जयन्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । मोतिको योगदानलाई कदर गर्दै वाणगङगा नगरपालिकाको बाल मा। बि । बैरियामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बाणगङगा प्रज्ञा प्रतिष्ठानका संयोजक बालाराम ज्ञवालीले मोतीरामले साहित्यमा पुर्याएको योगदानलाई कदर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साहित्यमा रस हुनाले पिउन जान्नुपर्छ रस पिउने बानी बसाल्न सके समाज सुध्रने कुरा व्यक्त गर्नुभयो ।

यस्तै साहित्यकार सुर्य प्रसाद भुसाल साथै समाजसेवी डोलकराम घिमिरेले छोटो जीवन कालमा युवाकवि मोतीरामले गजल सहित विभिन्न साहित्यिक विधामा योगदानलाई भुल्न नहुने कुरा व्यक्त गर्नुभयो । यिनले देखाएको बाटो हामी सबैले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा दधी स्मृति साहित्य समाजका अध्यक्ष लेखनाथ घिमिरे, कृष्ण पाण्डे, नित्यानन्द पाण्डे, लक्ष्मण आचार्य, बुद्धिसागर बेल्बासे, कृष्णप्रसाद भट्टराई , विद्यार्थिहरुले रचना वाचन गर्नुभएको थियो । गजल, कविता, गित लगायतका रचना मार्फत मोतीको सम्झना, सामाजिक विकृती, देशको अवस्था लगायतका विषय समावेश गरिएको थियो ।

वाणगङगा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्ण घिमिरेको अध्यक्षता, उपाध्यक्ष राधा पाण्डेको स्वागत र संस्थाका सचिव होमनाथ पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।