कपिलवस्तु । पूर्वश्रीमतीले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीका इन्सपेक्टर दिनेश गुरुङ पक्राउ परेका छन् । ललितपुर प्रहरीले उनलाई मंगलबार पक्राउ गरी जरबजस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर,ललितपुरका एसपी चक्रराज जोशीका अनुसार उनलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।केही दिनअघि गुरुङ पूर्वश्रीमतीको घरमा गएर झगडा गरेको र कुटेको भन्दै जाहेरी परेको थियो । आफुमाथि बलात्कार समेत गरेको भनेर उनले जाहेरी दिएकी छिन् ।

इन्सपेक्टर गुरुङले भने आफु बच्चा भेट्न जाँदा विवाद हुँदा कुटाकुट भएको र आफुविरुद्धको जाहेरी रिसइवीका आधारमा दायर भएको बताएका छन् ।
इन्सपेक्टर गुरुङ १ नम्बर गणमा कार्यरत छन् । -वैखरी