कपिलवस्तु । अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटीको आयोजनामा बाणगंगा नगरपालिका–११ स्थित ओदारी माध्यमिक विद्यालयमा मावि कमिटी गठन गरिएको छ ।

नवगठित कमिटीमा अध्यक्षमा कृष्ण खत्री, उपाध्यक्षमा सुरेन थापा, सचिवमा अनिल खनाल, सह–सचिवमा मनिषा भुसाल, कोषाध्यक्षमा दिपक शर्मा र अन्य पदाधिकारीसहित ११ सदस्यीय समिति चयन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा अनेरास्ववियु निववर्तमान अध्यक्ष निशान खड्काले “नवगठित कमिटीले विद्यालय तथा समुदायमा विद्यार्थीको अधिकार र हितका लागि सक्रिय भूमिका खेल्नेछ” भनेर धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै, अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष पारस मरासिनीले “शिक्षा, संगठन र समाज रुपान्तरणका लागि विद्यार्थीको भूमिकालाई सशक्त बनाउँदै अघि बढ्नु अहिलेको आवश्यकता हो” भन्नुभयो ।

अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष पशुपति गिरीको स्वागत मन्तव्य र जिल्ला कमिटी सचिव शेषकान्त मरासिनीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष आश्विन के.सी., सदस्य अर्चना आचार्यसहित अन्य नेताहरूको उपस्थिती रहेको थियो ।