कपिलवस्तु । कपिलवस्तुको बाणगंगा मा.वि. लौगाईले कक्षा १२ को नतिजामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रमका बिच कक्षा १२ को नतिजामा उत्र्तीण विद्यार्थी सगैँ स्नातक तह प्रथम वर्षको नतिजामा ७६.८ प्रतिशत लिएर प्रदेश पाचौं र जिल्ला प्रथम हुन सफल एलिसा पोख्रेल र ७६ प्रतिशत सहित जिल्ला द्धितिय हुने पुजा गौतमलाई समेत सम्मान गरेको हो ।

सम्मान तथा बधाई कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले बाणगंगा भित्रका हरेक स्कुल तथा कलेजहरु जिल्लामा मात्र नभएर प्रदेश र देशमै पनि उत्कृष्ट रहेको दाबी गर्नुभयो । देखासिकी गरेर पछिल्लो समय हाम्रो क्षेत्रमा उत्कृष्ट विद्यालय हुँदा पनि बाहिरी जिल्लामा गएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

त्यास्तै स्कुलका प्रध्यानाध्यापक कुलराज पौडे्लले बाणगंगा मावि लौगाईमा एस.ई.ई. देखी कक्षा १२ हुँदै स्नातक तहसम्मका बिद्यार्थीहरुले विभिन्न तहमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तरलाई अझ वृद्धि गर्दै लैजाने उहाँले बताउनुभयो । पछिल्लो समय प्लस टु पछि विदेशीनेको लर्को लागिरहेको भन्दै बाणगंगा माविले उच्च शिक्षाको लागि बाहिरी देशमा जानुपर्ने बाध्यता हटाएको बताउनुभयो ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष हुमनाथ पौडेलले विद्यालयले सैद्धान्तिक ज्ञानलाई मात्र नभएर व्यवहारिक तथा नैतिक शिक्षालाई समेत जोड दिदै आध्यापन कार्य गरिरहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रम क्याम्पस प्रमुख डिबी रेस्मीको स्वागत तथा शिक्षक तारा प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।