विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले छिट्टै विवाह गर्ने भएका छन् ।
हाल ५ सन्तानका पिता रोनाल्डोकी पार्टनर जर्जिना रोड्रिग्वेजले इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छिन्, जसले अहिले इन्टरनेटमा हलचल मच्चाएको छ । वास्तवमा लामो समयदेखि उनीहरूको इन्गेजमेन्टको खबर आएको थियो, जसमा जर्जिनाले पूर्णविराम लगाएकी थिइन् । उनले इन्गेजमेन्टको खबर पुष्टी गरेकी छिन् ।

पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डो र मोडल जर्जिना रोड्रिग्वेज ८ वर्षदेखि सँगै बस्दै आएका छन् । उनीहरूले सन्‌ २०१६ मा डेटिङ सुरु गरेका थिए । रोनाल्डो–जर्जिनासँग ४ सन्तान छन् । सन् २०१७ मा सरोगेसीमार्फत सन्तान (इभा मारिया र माटेओ)को जन्म भएको थियो, अलानाको पनि २०१७ मा जन्म भएको थियो । बेला नामक छोरी सन्‌ २०२२ मा जन्मिएकी थिइन्, उनको छोरोको जन्मपछि नै मृत्यु भयो । रोनाल्डोको एक जेठो छोरा (रोनाल्डो जूनियर) पनि छन्, जसको आमाका बारेमा कसैलाई पनि थाहा छैन् ।