कपिलवस्तु । सैनामैना नगरपालिका १० फारलाईन, कोठी नदि नजिक दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । पश्चिमबाट पुर्वतर्फ गईरहेको लु ०१००३ प २०४२ नं को मोटरसाईकल का चालक सैनामैना ११ का हरिनारायण थारुको घट्ना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

पुर्वबाट पश्चिमतर्फ आउदै गरेको लु ९४ प ९७८९ नं को मोटरसाईकलमा सवारहरु गम्भिर घाईते भएको र उपचारका लागि बुटवल लगिएको प्रहरी निरिक्षक खगेन्द्र अधिकारीले जनाए । उनिहरुको पहिचान भने अझै खुलेको छैन् । उक्त मोटरसाईकलमा दुई जना सवार रहेको प्रत्यक्षदर्शीले जनाएका छन् ।