काठमाण्डौ । गएराति र बिहानपख देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । बिहान दैलेख र कास्की तथा राति दैलेख र कास्कीसँगै बर्दिया, लमजुङ, नुवाकोट, सिन्धुपाल्चोक, उदयपुर र गोरखामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो बेलुकी झापामा पनि ठूलो पानी परेको छ । लमजुङको खुदी बजार, लुम्ले, भुजुङ वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र ती क्षेत्र भई बहने ससाना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै दैलेखेको दैलेख वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले त्यो क्षेत्र भई बहने लोहरे खोला लगायत अरु ससाना खोला आसपासमा आवश्यक सतर्कता अपनाउन भनिएको छ ।बर्दियाको मनपुर, दाङको गङगढी, कास्कीको घलेखर्क र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएकोले यी क्षेत्र भइ बहने ससाना खोलाहरुमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै सिन्धुपाल्चोकको ढुङ्गे, नुरपुगाउँ, बोल्डे, भोताङ, मानेखर्क, नुवाकोटको त्रिशुली बेत्रावती र आसपासका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएकाले यी क्षेत्र भइ बहने ताडी खोला लगायत अरु स(साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।आज दिउँसो पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै र बाँकी पहाडी भू(भागका केही ठाउँहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भू(भागगका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।लुम्बिनी प्रदेशको तराईलगायत कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू(भागको एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।