बाणगंगा, कपिलवस्तु | सिद्धार्थ क्याम्पस, बाणगंगाले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सिर्जनात्मकता, प्रतिभा र अनुभव प्रस्तुत गर्ने उद्देश्यले “मेरो क्याम्पस, मेरो कथा – इङ्गा (भिडियो डायरी)” प्रतियोगिता सञ्चालन गर्ने भएको छ। प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरूका लागि विशेष निर्देशनसहित सूचना जारी गरिएको छ।

सिद्धार्थ क्याम्पसका अनुसार कक्षा ११ देखि स्नातक तह (BBS, B.Ed, BA) सम्मका विद्यार्थीहरूले भिडियोमार्फत आफ्ना अनुभव, सम्झना र क्याम्पससँग जोडिएका प्रेरणादायी पलहरू प्रस्तुत गर्न सक्नेछन्। सहभागी विद्यार्थीहरूले १ मिनेटभन्दा कम अवधिको भिडियो तयार गर्नुपर्नेछ।

प्रतियोगिताको मुख्य विशेषताहरू:
भिडियोमा विद्यार्थीले आफ्नो कक्षा, विभाग, र आफूले भोगेको प्रेरणादायी पललाई समेट्नुपर्नेछ।

भिडियो नेपाली, अंग्रेजी वा मिश्रित भाषामा हुन सक्नेछ।

भिडियो TikTok वा Facebook मा पोस्ट गरी #SiddharthaCampusMoment ह्यासट्याग राख्नुपर्नेछ।

उत्कृष्ट भिडियो सिद्धार्थ क्याम्पसको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरिनेछ।

पुरस्कारको व्यवस्था:
प्रतियोगितामा उत्कृष्ट ३ भिडियो छानिनेछ जसले क्रमशः:

पहिलो पुरस्कार: रु ५,०००/-

दोश्रो पुरस्कार: रु ३,०००/-

तेस्रो पुरस्कार: रु २,०००/- प्राप्त गर्नेछन्।


भिडियो बुझाउने अन्तिम म्याद: २०८१ साउन २२ गतेदेखि २८ गतेसम्म

नतिजा सार्वजनिक हुने मिति: साउन ३१ गते

भिडियो मूल्याङ्कन विद्यार्थीको प्रस्तुति, विषयवस्तु, सिर्जनात्मकता, प्रवाह र प्रभावका आधारमा गरिने बताइएको छ। साथै, भिडियोमा कुनै पनि प्रकारको अश्लीलता, द्वेष वा अराजक तत्व समावेश भएमा अयोग्य ठहरिने क्याम्पस प्रशासनले स्पष्ट पारेको छ।