काठमाडौं– एउटा यात्रुबस मुग्लिङ-पाेखरा सडकखण्डकाे ऐना पहराबाट खसेको छ।
चितवनको नारायणगढबाट गोरखा गइरहेको उक्त बस सडकबाट मर्स्याङ्दी नजिकै भीरमा खसेको तनहुँ प्रहरीले जनाएको छ ।

केही बेरअघि आँबुखैरेनी नजिकै दुर्घटना भएको बस भीरमा गएर अड्किएको छ। बस केही मिटरले मर्स्याङ्दीमा खस्नबाट जोगिएको छ।यस स्थानबाट पहिले पनि बस दुर्घटना हुने गरेको थियो । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।