हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक।दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।काठमाडौंमा पनि बिहानदेखि वर्षा भइरहेको छ।

दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा साधारणतया बदली रही तराई भू(भागमा आंशिक बदली रहने पूर्वानुमान छ।

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू(भागका थोरै र मधेस प्रदेश लगायत बाँकी तराई भू(भागका एक(दुई स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।बिहीबार राति कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा साधारणतया बदली रही तराई भू(भागमा आंशिक बदली रहनेछ।

राति मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।