बाणगंगा । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि बाणगंगा नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाको शिक्षा समितिको निर्णयअनुसार २०७८/०४/०९ गतेदेखि २०७८/०४/११ गतेसम्म (तीन दिन) विद्यालय बन्द गरिने सूचित गरिएको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भई बालबालिकाहरू अस्वस्थ बन्न थालेको भन्दै नगरप्रमुख चक्रपाणी अर्यालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

यस अवधिमा मौसम अनुकूल नभएसम्म थप विदा दिन सकिने जनाइएको छ। सूचनामा विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।