बुटवल । जापानमा अध्ययन तथा रोजगारीको सपना देखिरहेका विद्यार्थीहरूका लागि श्री मलमला जापानीज ल्याङ्ग्वेज कन्सल्टेन्सी प्रा.लि. ले एकपछि अर्को धमाकेदार अफर सार्वजनिक गरेको छ। पश्चिम नेपालको भरपर्दो, पारदर्शी र विश्वासिलो कन्सल्टेन्सीका रूपमा परिचित यस संस्थाले हालको भर्ना सत्रका लागि COE (Certificate of Eligibility) नआएसम्म कुनै शुल्क नलिने ग्यारेन्टीसहितको सेवा घोषणा गरेको हो।

कन्सल्टेन्सीले भाषा कोर्ष, अन्तर्वार्ता तयारी, डकुमेन्टेसन, एप्लाई प्रक्रिया, काउन्सेलिङ लगायत सम्पूर्ण सेवा शतप्रतिशत निःशुल्क प्रदान गर्दै आएको छ। अझ विशेष रूपमा, Bachelor Visa प्रक्रियामा १०० प्रतिशत भिसा ग्यारेन्टी दिने उल्लेख गरिएको छ।

Bachelor Visa मा आवेदन दिने विद्यार्थीहरूका लागि भाषा सर्टिफिकेट अनिवार्य छैन, साथै अन्तर्वार्ता नभएसम्म कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरू पनि जापानमा पढ्ने अवसर सुरक्षित गर्न सक्ने कन्सल्टेन्सीको विश्वास छ।

यस संस्थामार्फत N5, N4, J-Cert, NAT, JLPT, JFT IRODORI कोर्षहरू बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन भइरहेका छन्। कक्षा N1/N2/N3 प्रमाणित अनुभवी प्रशिक्षकहरूले सञ्चालन गर्ने भएकाले शिक्षाको गुणस्तरमा विश्वसनीयता कायम गरिएको छ। साथै, जापानबाट अध्ययन सकेर फर्किएका दक्ष प्रशिक्षकहरूको टोलीले कक्षा लिइरहेका छन्।

Gijinkoko (Bachelor Visa), TITP, SSW, Cook Visa लगायतका भिसा प्रक्रियामा सफलतापूर्वक सेवा दिँदै आएको यस कन्सल्टेन्सीले विद्यार्थीलाई जापान पुगेपछि रोजगारी खोज्नेसम्मको सम्पूर्ण प्रक्रियामा सहयोग गर्दै आएको छ।


सैनामैना नगरपालिका–८, बासँगढीमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले बाणगंगा नगरपालिका–४, जितपुर चोकमा शाखा कार्यालय पनि सञ्चालन गर्दै आएको छ।

🎁 विशेष सुविधा:
COE नआएसम्म कुनै शुल्क लाग्दैन

Bachelor Visa मा १००% भिसा ग्यारेन्टी

भाषा कक्षा, अन्तर्वार्ता तयारी, काउन्सेलिङ सेवा पूर्ण रूपमा निःशुल्क

होस्टेलसहितको कक्षा, नियमित परीक्षा, कर्जा सहकार्य

समूह भर्नामा छुट, कोर्स बुक, टिसर्ट निःशुल्क

साउन महिनाभर Apply मा २५% छुट

श्री मलमला कन्सल्टेन्सीले शिक्षा, सेवा र सफल भविष्यका लागि प्रतिबद्ध रही विद्यार्थीको सपना साकार पार्न निरन्तर कार्य गरिरहेको जनाएको छ।