काठमाडौं । दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदीको बीचमा अड्किएका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बाँकेको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय विक्रम केसी नदीको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशीको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजको टोलीले सकुशल उद्धार गरेको हो ।उद्धार गरिएका ती व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको सशस्त्र प्रहरीले जनाएको छ ।