काठमाडाैं यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेल घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले सात हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो ।

उनले सवारी चालक अनुमतिपत्रको अनलाइन फारम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।

पौडेललाई सेवाग्राहीसँग ७ हजार रूपैयाँ लिइसकेको अवस्थामा मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।