बाणगंगा । एनएमबि बैंक जितपूर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाणगंगा नगरपालिका–८ स्थित बाणगंगा माध्यमिक विद्यालय, गजेहडालाई एयर कन्डिसन (एसि) प्रदान गरेको छ।

बुधबार विद्यालयमा आयोजित कार्यक्रममा बैंकले प्रारम्भिक बालविकास कक्षामा अध्ययनरत साना बालबालिकाहरूलाई गर्मी तथा प्रतिकूल मौसममा सहज सिकाइ वातावरण प्रदान गर्ने उद्देश्यले एसि हस्तान्तरण गरेको हो।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद भण्डारीले आफ्नो विद्यालयलाई छनोट गरी सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरे। उनले एसिले बालबालिकाहरूलाई सहज, सुरक्षित र आरामदायी वातावरणमा सिकाइ प्रक्रिया सञ्चालन गर्न टेवा पुग्ने बताए।

एनएमबि बैंकले छिटो, सरल तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउनुका साथै शिक्षा, स्वास्थ्य, वातावरण, लघुवित्तलगायत विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।