कपिलवस्तु । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज पुनः स्कटल्याण्डसँग खेल्दैछ।
स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो।

फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ।
नेपालले स्कटल्याण्डविरूद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्जक जित हासिल गरेको थियो।

सिरिजमा नेपाल अपराजित छ। स्कटल्याण्डलाई पराजित गरेपछि नेदरल्याण्डविरूद्धको खेलमा पनि नेपाल ५ विकेटले विजयी भएको थियो।
नेपालले सिरिजको अन्तिम खेल पुनः नेदरल्याण्डसँग आगामी बिहीबार खेल्नेछ।

लिग-२ को अंक तालिकामा नेपाल १० अंकसहित सातौं स्थानमा छ। नेपालले अहिलेसम्म १४ खेल खेलेको छ। १६ खेल खेलेको युएई ६ अंकसहित पुछारमा छ।
शीर्षस्थानको अमेरिकाले २० खेलबाट २८ अंक बनाएको छ।