विदुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नुवाकोटका बाढीपीडितलाई ७ लाख रुपैयाँ बराबरको खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

अनेरास्ववियुका अध्यक्ष दिपक धामीको नेतृत्वमा गएको ४० सदस्यीय टोलीले नुवाकोटको आयुर्वेदिक अस्पताल तल्लो पिपलटारस्थित होल्डिङ सेन्टरमा रहेका २०० जना घरबारविहीन बाढीपीडितलाई ३ लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको हो ।

त्यस्तै, श्री विदुर क्रियापुत्री भवनस्थित होल्डिङ सेन्टरमा रहेका १५० जना बाढीपीडितलाई ४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष धामीले जानकारी दिए ।

बाढीका कारण घरबारविहीन भएका पीडितलाई तत्काल आवश्यक खाद्य तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत लिएर टोली नुवाकोट पुगेको धामीले बताए ।