कपिलवस्तु । इस्लाम धर्मावलम्बीले बकर ईदको अवसरमा कपिलवस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जेठ २५ गते आइतबारका दिन कपिलवस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।मुलुकभरमै मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा दोश्रो ठूलो चाड ९ईद उल अजहा० बकर ईद शनिवार धुमधामसंग मनाएका छन् । संघिय सरकारले बकर ईदमा शनिवार सार्वजनिक बिदा दिएको भन्दै कपिलवस्तुका मुस्लिम समुदाय बेखुसीमै ईद मनाए ।


यद्यपि, कपिलवस्तुका ८ वटा स्थानीय सरकारले मुस्लिम समुदायको पर्वको अवसरमा भोली आइतवारका दिन सार्वजनिक बिदा दिएका छन् ।जिल्लाका कपिलवस्तु नगरपालिका, महाराजगंज नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, विजयनगर गाउँपालिका, यशोधरा गाउँपालिकामा आइतबार बिदा दिने घोषणा गरेका छन् ।जिल्लाका केहि स्थानीय सरकारले शुक्रवार नै सूचना प्रकाशित गर्दै बिदाको घोषणा गरे भने केहि स्थानीय सरकारले शनिवार घोषणा गरेका हुन् ।