नवलपरासी । दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएर महेन्द्रराजमार्ग अवरुद्ध भएको छ ।
फिल्डमा खटिएका ईलाका प्रहरी कार्यालय बर्दघाटका ट्राफिक प्रहरीका सई तिर्थ भुसालका अनुसार गएराति ११ बजे खुर्सानी खोला नजिकमा सडक ३० मिटर तल खसेका कारण राजमार्ग दुवै तर्फ अवरुद्ध रहेको छ ।

‘एम्बुलेन्स कराएको करायै छन् । जाने बाटो छैन,’ उनले भने, ‘वैकल्पिक राजमार्गबाट पठाउने प्रयासमा छौं । त्यहाँ सडक निर्माण गर्न बनाइएको डाइभर्सन समेत बगाएको छ । त्यहाँ भित्तो तासेर सडक निर्माण नगरुन्जेल दाउन्ने खण्डमा यातायात सञ्चालन हुने अवस्था छैन ।राति ११ बजेबाट पूर्व पश्चिम हिँडेका सैयौं गाडी बर्दघाट र दुम्कीवासमा रोकिएका छन् ।