कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम आज ल्याउँदै छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैठौं अधिवेशनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ ।
प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको हो ।यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको जनाइएको छ ।