दाङ । लुम्बिनी प्रदेश सरकारको शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार स्वीकृत नीति तथा कार्यक्रम आगामी जेठ ५ गते प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखसमक्ष अनुरोध गरिएको छ।

त्यसैगरी, बैठकले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्न स्वीकृति दिएको छ।साथै, ‘लुम्बिनी प्राज्ञ प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पनि प्रदेश सभामा पेश गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ।