कपिलवस्तु । कपिलवस्तु नगरपालिका–८ मैनिहवाकी १४ वर्षीया सुखना केवटको रुखले च्यापिएर मृत्यु भएको छ।हावाहुरी चलिरहेको बेला बगैँचामा आँप टिप्न गएकी उनी रुखले च्यापिँदा गम्भीर घाइते भएकी थिइन्। घटनापछि उनलाई तत्कालै कपिलवस्तु जिल्ला अस्पताल लगिएको थियो, तर उपचारका क्रममा डाक्टरले उनलाई मृत घोषित गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिएका छन्।