कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले मानव अधिकार विरुद्ध गैरकानुनी गति विधि गरेको आरोप लागेको छ । वाणगंगा नगरपालिका–४ का स्थानीय युवा सुवास पाण्डेले आफूलाई प्रहरीले गत बैशाख २१ गते आईतवारका दिन बेलुकीको समयमा वाणगंगा १ बैरियाको एक होटलबाट पक्राउ गरेको थियो । पाण्डेले आफुले कुनै पनि अपराध नगरेता पनि प्रहरीले कुख्यात अपराधीलाई जस्तो गरेर पक्राउ गरि प्रहरीले व्यक्तिगत मानहानी हुने काम गर्दै शारीरिक र मानसिक रूपमा यातना दिइएको बताएका छन् ।ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी प्रमुख लोकेन्द्र जि।सीको ठाडो निर्देशनमा प्रहरी टोलीले पक्राउ पुर्जी बिना सुवास पाण्डेलाई अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको थियो। यद्यपि पाण्डेले भने प्रहरीको उद्देश्य अनुसन्धान नभई आफनो व्यक्तिगत लेनदेनको बिषय रिसीवी र आर्थिक दबाब रहेको आरोप लगाएका छन ।
पाण्डे र बिरेन्द्र कुमार केवट बीच भएको ट्याक्टर खरिद बिक्री सम्बन्धी लेनदेनको विषयमा पाण्डेले केवटबाट ८ लाख ८५ हजार रुपैयाँ पाउने दाबी गर्दै आएका छन् । तर, सोही घटनालाई बहाना के कसरी केहो बिषय भने बुझन अनुसन्धानको लागि भनेर बोलाएको बहाना बनाई सोही बिषयमा कुनै सोधपुछ नगरी केट संग पनि कुनै बार्ता भेट नगराई पक्राउको बिषय बिषयान्तर गरिएको पाण्डेले प्रहरीलाई आरोप लगाएका छन् । नेकपा एमाले निकट राष्ट्रिय युव संघ कपिलवस्तुका अध्यक्ष तिलाराम गिरी तिलकले कार्तिक महिनामा सुवास पाण्डे संग आर्थिक लेनदेन रहेको भन्ने बिषयमा प्रहरीकोमा ठाडो उजुरी दिएका थिए । सोही निवेदनमा पाण्डे माथि आरोप लगाइएको थियो ।
विदेशबाट हालै फर्किएका पाण्डेले भने उनीमाथिको मुद्दा राजनीतिक पूर्वाग्रह, व्यक्तिगत प्रतिशोध र सत्ता शक्तिको पहुँच प्रयोग गरेर अघि सारिएको बताएका छन् । उनीहरूले पहिले नै योजना बनाएर मलाई फसाउने कोशिस गरेका रहेछन्,पाण्डेले भने, प्रहरी निरीक्षक लोकेन्द्र जी।सी। को निर्देशनमा बिना कानुनी प्रक्रिया,कुनै जानकारी नदिई जबर जस्ती पक्राउ गरियो जसले गर्दा मेरो व्यक्तिगत मानहानी भयो । शारिरीक मानसीक रुपमा यातना दिईयो यसको जिम्मा क्षतिपुर्ति प्रहरीले लिनु पर्छ हैन भने म बसेको स्थानमा आएर जघन्य अपराध गरे जस्तो गरी पक्राउ गरेर लैजानु अर्को दिन आफनो कार्यलयको लेटर प्याडमा पक्राउ पुर्जी बनाएर मलाई जवरजस्ती रुपमा हस्ताक्षर गराएर किन छाडियो म दोसी भएको भए केही अपराध गरेको भए किन प्रहरीले छाड्थ्यो होला । प्रहरीका गतिबिधी प्रति प्रश्न गर्छन ।सीसीटीभी फुटेजमा पनि प्रहरी टोली युवा संघ कपिलवस्तुका अध्यक्ष गिरीको गाडिमा युवा संघका केही नेता कार्यकर्ता रहेका थिए युवा संघका नेता कार्यकताको सुराकीका आधारमा पाण्डेलाई प्रहरीले पक्राउ गर्नु कहाँ सम्म गलत कुरा प्रहरीले आफै हेक्का राख्नु पर्ने देखिन्छ ।
Video Player
पाण्डे रहेको स्थानमा प्रहरीको गाडि संग संगै युवा संघका गिरी ,अन्य व्यक्तिहरु प्रवेश गरेको सिसीटिभी क्यामेरामा स्पष्ट देखिन्छ । उनले पाण्डे भित्र रहेको इशारा गर्दै ती युवाहरूले पाण्डेको लोकेशन देखाई प्रहरीलाई पक्राउ गर्न निर्देशन दिए जस्तो गरेको दृश्य देखिएको छ ।पाण्डेले आरोप लगाएअनुसार, पक्राउको वास्तविक उद्देश्य न्याय प्राप्ति नभई, जबरजस्ती रकम असुली गर्नु थियो। माथिबाट निर्देशन आएको छ । भनेर मलाई धम्क्याइयो, मानसिक रूपमा टर्चर दिइयो, उनले भने ।स्थानीय युवाहरूले समेत यो घटनाको भत्र्सना गरेका छन् । उनीहरूले प्रहरी कार्यालय पिपरा र सम्बन्धित निरीक्षक माथि सत्ता र शक्तिको दुरुपयोग गर्दै नागरिकको मौलिक अधिकार हनन गरेको भन्दै कडा प्रतिक्रिया जनाएका छन्। घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाहीको माग समेत उठिरहेको छ।मानव अधिकार र कानुनी प्रक्रिया प्रतिको सम्मान कायम राख्न र निष्पक्ष अनुसन्धान हुन आवश्यक छ । यदि प्रहरी स्वयंले नै कानुन उल्लंघन गर्छ भने सर्वसाधारणले सुरक्षाको आशा कसरी गर्ने भन्ने प्रश्न स्थानीय बासिन्दाहरूले उठाएका छन् ।
कानुनी रुपमा जघन्य अपराधमा संलग्न व्यक्तिलाई प्रहरीले जतिबेला पनि नियन्त्रणमा लिन सक्ने भएता पनि ठाडो उजुरी, विनाकारण प्रहरीले पक्राउ गर्नका लागि अदालतको आदेश विना नमिल्ने भएता पनि ईलाका प्रहरी कार्यालयले आफनै लेटर प्याडमा आफलाई अर्को दिन विहान छाड्ने बेलामा जवरजस्ती पक्राउ पुर्जीमा हस्ताक्षर प्रहरीले गराएर सोही कार्यालयबाट पाण्डेलाई छाडिएको थियो । यदि पाण्डे कुनै पनि अपराधमा संलग्न रहेको भए उनलाई अदालतमा लगेर अदालतको आदेशमा सफाई दिनु पर्ने अधिबक्ताहरुको भनाई रहेको छ ।प्रहरी निरिक्षक लोकेन्द्र जि।सी संग पाण्डेको बिषयमा किन पक्राउ पुर्जी बिना मान्छे समात्ने आदेश कसको होर के अपराध गरेका थिए र यस्तो भयो भनेर प्रश्न गर्दा उनले मानसीक रुपमा टचर भएको भन्ने अभिव्यक्ति दिन्दै धेरै नवोली फोन काट्छन ।स्रोत : हाम्रो पाइला