कपिलवस्तु । करिब २३ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी कपिलवस्तुमा पक्राउ परेका छन।शिवराज नगरपालिका–६ का ६१ वर्षीय सुकई पासीलाई प्रहरीले वैशाख २० गते नियन्त्रणमा लिएको हो। जिल्ला अदालतले २०५९ साल असारमा उनलाई जन्मकैदको सजाय सुनाएको थियो। अदालतको फैसला पछि पासी फरार रहेका थिए।पक्राउ परेपछि उनलाई वैशाख २१ गते कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।