कपिलवस्तु ।कपिलवस्तुको ग्यालेक्सी युथ क्लबको पहलमा क्यान्सर पिडित माहिरा विश्वकर्माको सहयोगार्थ एक लाख ३१ हजार रकम संकलन गरेको छ ।६ बर्षिय माहिराको सहयोगार्थ ग्यालेक्सी युथ क्लबले संकलन गरेको एक लाख ३१ हजार ४५२ रुपैयाँ आज उनका पिता मनु विश्वकर्मालाई हस्तान्तरण गरिएको हो ।माहिराका पिता मनु विश्वकर्माले क्लबले पहल गरेर सो रकम संकलन गरिदिएकोमा कृतज्ञता व्यक्त गरेका छन् ।

क्लबका अध्यक्ष अमृत गिरीले माहिराको उपचारका लागि सहयोग गर्ने सबै सहयोगी मनलाई धन्यवाद दिदै उपचार सफल हुने विश्वास व्यक्त गरेका छन् ।कपिलवस्तुको वाणगंगा-९ भर्तपुरकी ६ बर्षिय माहिरा विश्वकर्मा बोनम्यारो क्यान्सरबाट पिडित भइ हाल भारतको मुम्बईस्थित एसआरसिसि चिल्ड्रेन हस्पिटलमा उपचारत् रहेकी छन् ।

स्थापनाको छोटो समयमा कपिलवस्तुमा सामाजिक कार्यका लागि पहिचान बनाएको ग्यालेक्सी युथ क्लबले यस्तै सहयोगी अभियानका साथै सरसफाई अभियान समेत गर्दै आएको छ । यसै बर्ष स्थापना भएको क्लबमा हाल ६०  सदस्य रहेका छन् भने सदस्य बढ्नेक्रम जारी रहेको छ ।